Sunday November 27, 2022

शीक्षाप्रेमी तमुधी युके अध्यक्ष ज्ञाम गुरूङ स्कुल उद्घाटन गर्दै

२० मंसिर, २०७५ शीतलपाटीन्युज डटकम। 41822


शीक्षाप्रेमी तमुधी युके अध्यक्ष ज्ञाम गुरूङ स्कुल उद्घाटन गर्दै

शीतलपाटीन्युज डटकम।
धादिड्ग, काठमाण्डौ । धादिङ जिल्लाको दुर्गम क्षेत्र रुबी भ्याली गाउपालिका वडा नं. ६, खादिङमा तमु धिं युकेद्धारा निर्मित हिमालय सरस्वती आधारभुत विद्यालय भवनको उद्घाटन भयको छ। २०७२ साल बैशाखको महाभुकम्पबाट क्षतिग्रस्त भई पुनर्निर्माण गर्नु पर्ने भयका कारण खुल्ला मैदानमा पठन पाठन गर्न बाध्य खादिङस्थित हिमालय सरस्वती आधारभुत विद्यालय भवन तमु धिं युकेको पहलमा पाहार ट्रष्ट नेपालको प्राविधीक र स्थानीयको जनश्रमदानको सहयोगमा निर्मित ५ कोठे विद्यालय भवनको उद्घाटन गरिएको हो। 


६० लाख ३५ हजार ५११ रुपैयामा निर्मित सो भवन प्रमुख अतिथि तमु धिं युकेका अध्यक्ष ज्ञामबहादुर गुरुङ र विशेष अतिथि पाहार ट्रष्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङले शिलालेख अनावरण गरी भवनको उद्घाटन गर्नुभएको हो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तमुधि युकेका अध्यक्ष गुरुङले दीप प्रज्वलन गर्नु भयको भवन उद्घाटनमा तमु धिं युकेका निवर्तमान अध्यक्ष तथा भवन निर्माण संयोजक रामचन्द्र (सुर्जे)गुरुङ, तमु धिं युकेका नवर्निर्वाचित अध्यक्ष नन्दजंग गुरुङ, नवर्निर्वाचित उपाध्यक्ष हरी गुरुङ, नवनिर्वाचित उपाध्यक्ष जुमकाजी गुरुङ, कोषाध्यक्ष दीपक गुरुङ, कार्यकारिणी सदस्य श्रीप्रसाद गुरुङ, सदस्य भिम गुरुङ लगायतको उपस्थीती थियो। 

उक्त भवन २०७५ सालको बैशाख १२ गते अध्यक्ष ज्ञाम बहादुर गुरुङ र संयाेजक एवम पुर्व अध्यक्ष रामचन्द्र  गुरूङले शिलान्यास गर्नु भएको थियो।भुकम्पबाट क्षतिग्रस्त विद्यालय भवन निर्माणका लागि तमु धिं युकेले युकेमा च्यारिटी गरी संकलन गरेको ५० लाख रुपैया, पाहार ट्रष्टको प्राविधीक सहयोग र स्थानियको ९ लाख बराबरको श्रमदानसहित करिब ६० लाख ३५ हजार ५११ रुपैयामा उक्त विद्यालय भवन निर्माण सम्पन्न भएको हो। तमु धिं युकेले भुकम्पबाट दुर्गम क्षेत्रमा अति नै प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण गरी सेवा पुर्याउने पहल गरिरहेको र पाहार ट्रष्ट नेपालले विगत २५ वर्षदेखि दुर्गम वा ग्रामीण भेकमा शिक्षा र स्वास्थ क्षेत्रमा सेवा गर्दै आइरहेकाले दुइ संस्थाले सहकार्य गरी स्थानीयको समेत सहभागीतामा विद्यालय भवन निर्माण सम्पन्न गरेको हो। 

कार्यक्रमका प्रमुख अतिथि तमु धिं युकेका अध्यक्ष ज्ञामबहादुर गुरुङले दुर्गम क्षेत्र खादिङमा विद्यालय निर्माण गरी सेवा पुर्याउन पाउदा अत्यन्तै खुशी लागेको र आवश्यक थप ४ कोठाका लागि रोटरी क्लव अफ युकेसँग सहयोगको पहल गरेको जानकारी दिनु भयो। खादिड्ग धादिड्गका स्थानीय भीम गुरुड्ग युकेमा बसोवास गरे पनि गुरुङले आफ्नो गाँउको विद्यालयको पीडा जानकारी गराय पश्चात खादिङमा विद्यालय निर्माणका लागि तमु धिं युके जुटेको अध्यक्ष गुरुङको भनाई थियो। यसै विच उहाँले हिमालय सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत दिलाल गुरुङलाई आगामी वर्षदेखि तमु साँस्कृतिक प्रतिष्ठानसँग समन्वय गरी छात्रवृति उपलब्ध गराउन पहल गर्ने बताउनुभयो।


विशेष अतिथि पाहार ट्रष्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङले मन्तव्य व्यक्त गर्नुहुदै खादिङमा भुकम्पबाट क्षतिग्रस्त भई पठन पाठनमा समस्यालाई समाधान गर्न दाता सँस्था तमु धिं युकेसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै पाहार ट्रष्टको उद्धेश्य र कार्यक्रमसँगै मिल्ने योजना भएकाले तमु धि र स्थानीयसँग आफुहरु जोडिएको बताउनु भयो। २०७२ सालको भुकम्प पश्चात पाहार ट्रष्टले खादिङमा १ हजार बोरा चामल र २ सय किलो नुन राहत स्वरुप सहयोग गरेको समेत उहाँले जानकारी दिनुभयो। 
तमु धिं युकेका निवर्तमान अध्यक्ष तथा विद्यालय भवन निर्माण संयोजक रामचन्द्र(सुर्जे) गुरुङले शुभकामना व्यक्त गर्नुहुदै अति आवश्यक गाँउमा विद्यालय भवन निर्माण गर्न पाउदा खुशी व्यक्त गर्नु भयो। विद्यालयलाई गुणस्तरीय शिक्षाका लागि १८ वटा ल्यापटप सहयोग हस्तान्तरण गर्नुहुदै डिस्कभरी वल्र्ड ट्रेकिङका मिलन गुरुङले तमु धिं युके र पाहार ट्रष्टले धादिङ बेसीमा भन्दा पनि दुर्गममा राम्रो भवन बनाई दियर गाँउका विद्यार्थीले पढ्न पाएकोमा खुशी व्यक्त गर्नुभयो।


रुबी भ्याली गाँउपालिका वडा नं. ६ का वडाध्यक्ष नरमान गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमु धिं र पाहार ट्रष्टलाई सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो। गाउ बिकास समीतीको तर्फबाट पनि सहयोगको पहल आफुले गर्ने बताउनुभयो। त्यस्तै कार्यक्रममा विद्यालयको अफिस प्रयोजनको लागि प्रमुख अतिथि तमु धिं युकेका अध्यक्ष ज्ञाम गुरुङले १ थान ल्यापटप सहयोग हस्तान्तरण गर्नुभएको थियो । अर्का सहयोगी टलक गुरुङले पठाउनुभएको २ वटा भलिवल र १ थान नेट विद्यालयका प्रधानाध्यापक गंगाराम तामाङलाई हस्तान्तरण गर्दै तमु धिं युकेले भवन निर्माणका लागि विशेष सहयोग गर्ने पाहार ट्रष्टका अध्यक्ष चन्द्रबहादुर गुरुङ, मम गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलमान गुरुङ, प्रधानाध्यापक गंगाराम तामाङ, वडा अध्यक्ष नरमान गुरुङलाई सम्मान गरेको र मायाको चिनो दिएको थियो । पाहार ट्रष्टका  इञ्जिनियर नरेन्द्र नेपाली, कर्मचारी चन्द्र घले, खादिङ पुर्याउने पाइलटहरु एरिक र सविन लामालाई समेत खादा लगाइ सम्मान गरिएको सो कार्यक्रम भब्य भयको थियो ।


यस्तै गरी पाहार ट्रष्ट नेपालले पनि तमु धिं युकेसहित विशेष सहयोगीहरुलाई सम्मान र मायाको चिनो प्रदान गरिएको थियो। यसरी नै विद्यालयको तर्फबाट पनि तमु धिं युके, पाहार ट्रष्ट लगायत अतिथिहरुलाई सम्मान गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलमान गुरुङले विद्यालय भवन निर्माण गरिदिने तमु धिं युके र पाहार ट्रष्ट नेपाललाई धन्यवाद व्यक्त गर्नुहुदै अझै थप ४ कोठा बनाउन आवश्यक भएकाले सहयोगको आग्रह गर्नुभयो। 

शिक्षक निर गुरुङले सञ्चालन गर्नुभएको सो कार्यक्रम तमु धिं युकेका नवनिर्वाचित उपाध्यक्ष हरी गुरुङले पनि संचालन गर्नुभएको थियो ।अतिथिहरुलाई स्थानीय पाइथान देवी आमा समुहले फुलमाला र विद्यालयका विद्यार्थीहरु नृत्यसहित स्वागत गरेका थिए । कक्षा ८ सम्म अध्ययन हुने हिमालय सरस्वती आधारभुत विद्यालयमा १५६ जना विद्यार्थी ,९ जना शिक्षक र एक जना कार्यालय सहयोगी रहेको शिक्षक निर गुरुङले जानकारी दिनुभयो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?