Sunday August 14, 2022

पिपल मोर्गेजेजको स्थानीय मेयरद्वारा कार्यालय भवन उद्घाटन

२७ मंसिर, २०७५ शीतलपाटीन्युज डटकम। 19541


पिपल मोर्गेजेजको स्थानीय मेयरद्वारा कार्यालय भवन उद्घाटन

शीतलपाटीन्युज डटकम।

फान्बोरो, लण्डन। बेलायतमा घर जग्गा किनबेचका बिषयमा अत्यन्त लोकप्रिय सेवा दिदै आयको पीपल मोर्गेजेज र पीपल स्टेट एजेन्टले १२ डिसेम्बरका दिन फार्नबोरोको नर्थ क्याम्पमा औपचारिक रुपमा नयाँ कार्यालय भवन उद्घाटन गरी आफ्नो सेवा संचालन गरेको छ ।

सो कार्यालय भवनको रसमोर बरो काउन्सिलका मेयर स्टीभ मास्टरसन, पीपल मोर्गेजका डाईरेक्टर सुर्य प्रकास गुरुड्ग,एनआरएन युकेका अध्यक्ष योग कुमार फगामी, ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेलवासे लगायतका अतिथिहरुले रीवन काटी उदघाटन गरेका थिए। पीपल ग्रुपकी इभेन्ट कोर्डिनेटर शान्ति लिम्बुले संचालन गरेको सो कार्यक्रममा प्रमुख अतिथि मेयर  मास्टरसन लगायत स्थानीय काउन्सिलका प्रतिनिधि, नेपाली संघसंस्थाका अग्रजहरु, कार्यालयका कर्मचारीहरु सबैलाई स्वागत  गर्दै संचालन गरीयको सो कार्यक्रम भब्य भयको थियो ।

सन् २०१६ मार्च ८ देखि फान्बोरोको नर्थ क्याम्पबाट व्यवसाय शुरु गरेको पीपल ग्रुपले तेस्रो बार्षिक कार्यक्रमको आयोजना गर्दै रहदा अहिले आस्फोर्ड ,एन्डोबर शाखा स्थापना गरि सकेको र जनवरी २०१९ देखि स्वीन्डनमा अर्को शाखा खुल्ने समाचार सो ग्रुपका डाईरेक्टर सूर्य प्रकाश गुरुङले जानकारी दिनु भयको छ। साथै, उहाले जहाँ नेपालीहरुको बसाई बढी छ, त्यहाँ आफुहरुले सेवा दिदै आइरहेको बताउनु भयको छ। नेपाली समुदायलाई बेलायतमा घर किनबेचको सजीलो सेवा दिने उदेश्यले बाक्लो नेपाली बस्तीमा खोलीयको पीपल मोर्गेज नामले पनि प्रख्यात भयको छ । बिश्व मै शान्तीका लागी प्रख्यात बुद्धले पीपलकै बोटमुनी बसेर वुद्धत्व प्राप्त गरेको, हिन्दू संस्कारमा पीपलको बिशेष महत्व रहेको,बटुवाहरुले थकाई मार्ने स्थान पीपलकै बोट भएको, चौतारीमा पिपल हुने र शीतलता दिने भयकोले यो नामलाई सकारात्मक दृष्टीकोणका कारण बिश्व शान्तीको कामना गर्दै राखेको बताउनु भयको थियो ।

उहाले जसरी पीपलको बोटले बटुवाको थकानमा शितल प्रदान गरिरहेको छ, त्यसैगरी पीपल मोर्गेज र पीपल स्टेट एजेन्टस्ले पनि ग्राहकहरुको उद्देश्य परिपूर्ति गर्नका लागि गुणस्तरीय र विश्वासनिय सेवा प्रदान गर्दै आएको जनाउनु भयको छ।

ब्यापारीक,ब्यवसायी मात्र नभयर मानविय भावनाका धनि डाइरेक्टर सुर्य प्रकास गुरुड्गको पीपल कम्पनीमा १८ जना स्टाफ कार्यरत रहेको बताउदै ग्राहकहरुबीच छिट्टै वेल्थ म्यानेजमेन्ट सेवा समेत ल्याउन लागेको बताउनु भयको छ।

सो ग्रुपले स्थापना काल देखि नै परोपकारी क्षेत्रमा समेत योगदान दिदै आएको छ ,सो ग्रुपको दोस्रो वार्षिकोत्सव तथा च्यारिटी कार्यक्रमबाट ३६० पाउण्ड गत बर्ष  गोर्खा वेलफेयर ट्रष्टलाई सहयोग गरिसकेको र २०१९ को तेस्रो वार्षिकोत्सव तथा च्यारिटी कार्यक्रमबाट कम्तिमा दुई हजार ५०० पाउण्ड संकलन गरी नेपालमा चेलीबेटी बेचबिखन विरुद्ध काम गर्दै आएको ‘आशा नेपाल’ नामक संस्थालाई आर्थिक सहयोग गर्ने डाईरेक्टर गुरुङको योजना छ । बेलायतका हरेक सामाजीक काम र प्रोत्साहान गर्ने काममा सहयोग पुर्याएका गुरुड्गको सो उद्घाटनका अवसरमा रसमुर बरो काउन्सिलका डिपुटी लिडर काउन्सिलर केन, एनआरएनए युकेका उपाध्यक्ष प्रेम गाहामगर, काउन्सिलर आलेक्स क्रफोर्ड, पिटर क्रेरर, लिज क्रोप्स, बर्वरा हर्सट्, क्युओजिएलआरका गोर्खा मेजर चक्र बहादुर खत्री, गोर्खा इन्फरमेशन म्यानेजमेन्टका निर्देशक पूर्ण गुरुङ, गोर्खा मिडियाका मिलन तमु, तमु प्ये ल्हु संघ युकेका उपाध्यक्ष पूर्ण गुरुङ, बेसपोक इन्स्योरेन्सका किम डेविज, मिसाली रेन्डरर्स र जेर्मी पेरीनको बिशेष उपस्थिति रहेको थियो ।

सम्पर्कका लागी:

 Lynchford Road, Farnborough, North Camp , GU14 6EG

01252947555

Time:09:00-17:30

 (Mon-Fri)

(Photo : Milan Tamu)

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?