Friday January 24, 2020

इतिहासमै धेरै पर्यटक : ११ महिनामै १० लाख नेपाल आए

२८ मंसिर, २०७५ शीतलपाटीन्युज डटकम 1193


इतिहासमै धेरै पर्यटक : ११ महिनामै १० लाख नेपाल आए

शीतलपाटीन्युज डटकम। 

मुलकुमा पर्यटक आगमन उत्साहजनक रुपमा बढेको आजको कारोबार दैनिकमा खबर प्रकाशित छ । सन् २०१८ को ११ महिनासम्ममा १० लाख १ हजार ९ सय ३० पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

यो इतिहासमै धेरै पर्यटक आगमन हो । यो वर्ष मासिक औसत ९१ हजार ८४ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

अध्यागमन विभागले दिएको तथ्याङ्क अनुसार यो संख्या गत वर्षको सोही अवधिभन्दा १७ प्रतिशतले बढी हो । सन् २०१७ को ११ महिनामा ८ लाख ५७ हजार २ सय ५२ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?