Thursday January 23, 2020

अध्यक्ष फगामी एनआरएन यूकेको टोली लीयर लिभरपुलमा अन्तरक्रिया गर्दै

१ पुष, २०७५ शीतलपाटीन्युज डटकम। 1328


अध्यक्ष फगामी एनआरएन यूकेको टोली लीयर लिभरपुलमा अन्तरक्रिया गर्दै

शीतलपाटीन्युज डटकम।

लन्डन । गैर आवासीय नेपाली संघ युकेले आफ्नो सेवा नेपालीहरु बसोबास गरेको ठाउ ठाउमा पुर्याउने उदेश्यले  गैरआवासीय नेपाली संघ यूकेको अध्यक्ष योग कुमार फगामी समेतको एक टोली आज बेलायतको नर्थवेस्ट इलाकामा समिति गठनको वातावरण बनाउन लिभरपुल तर्फ प्रस्थान गरेको समाचार प्राप्त भयको छ ।

एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीको नेतृत्वमा पदाधिकारी सहितको टोली शनिबार लिभरपुल प्रस्थान गर्दै रहेको कुरा फोन मार्फत महासचिव आर.के. त्रिपाठीले शीतलपाटीन्युज डटकमलाई जानकारी दिनु भयको छ। टोलीमा अध्यक्ष फगामी, उपाध्यक्षहरु प्रेम गाहा मगर, शेर सुनार, पुनम गुरुङ, महासचिव आर.के. त्रिपाठी, उपमहासचिव विनय अधिकारी,एनआरएन यूकेका धर्म विभाग प्रमुख होमनाथ पौडेल, एनआरएन यूकेका सल्लाहकार आईएमई लन्डनका निर्देशक कमल पौडेल र पत्रकार शिब भण्डारी छन् ।

इंग्ल्याण्ड नर्थवेस्ट समितिमा लिभरपुल, ब्ल्याकपुल, मेन्चेस्टर, बोल्टन सहरका नेपालीहरु रहनेछन् । इंग्ल्याण्ड नर्थवेस्ट समिति गठन गर्न लिभरपुलका संयोजक गोपाल अधिकारीसहित प्रा.डा. पदम सिंखडा, डा.पुरुषोत्तम पौडेल, डा. हेमराज शर्मा, भक्त गुरुङ लगायत एनआरएन अभियन्ताले सहयोग गर्ने जानकारी  दिनु भयको छ।

एनआरएन युकेले इंग्ल्याण्ड नर्थवेस्ट समिति गठन गर्नु अगाडि यस बिषयमा अन्तर्क्रिया कार्यक्रम हुनेछ । एनआरएन यूके स्रोतका अनुसार अन्तर्क्रियाबाट राय सुझाव संकलन गरी निकट भविस्यमा सहमतिमा समिती गठन गर्ने प्रक्रियामा अवलम्वन गर्नेछ ।

यसैबीच इंग्ल्याण्डको परिषद गठनको कार्य अहिले ‘विचाराधिन’ अवस्थामा छ ।आकांक्षी धेरै भएकाले नेतृत्वमा सहमति गराउन भने कठीन छ। सहमति हुन नसके पनि क्षेत्रीय समिति गठनको प्रक्रिया भने आरम्भ हुनेछ।एनआरएन यूकेले यसअघि नर्दन आयरल्याण्ड, वेल्स, स्कटल्याण्ड लगायतमा आफ्नो राज्य ब्यवस्था समिति गठन गरिसकेको छ । चीसो मौषमको बाबजुद एनआरएन युके आफ्नो तालीका अनुसार अघी बढी रहेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?