१ पुष, २०७५
शीतलपाटीन्युज डटकम।
अल्डरसट,लन्डन। बिश्व मै अत्यन्त रमणीय हिमसृंखला, हाइकिड्ग गर्न योग्य पहाडी सुन्दर डाडाहरु,होमस्टेमा बसेर रमाउन सकिने पहाडी बस्ती र अर्गानीक खानाहरु पाइने पोखरामा अन्तर्राष्ट्रिय म्याराथन हुन लागेको छ । २२ लाख खर्च लाग्ने अनुमान गरीयको सो एकदिने अती रोमान्चकारी खेलका लागी बिदेश स्पोन्सर पार्टनर सहयोगी पोखरेली मंच युकेले च्यारीटी कार्यक्रम पनि भब्य सम्पन्न गरेको छ।खेल सहयोगार्थ भब्य रुपमा सम्पन्न च्यारीटीमा बेलायतवासी नेपालीहरुले १५ लाख रुपैयाँ सहयोग गरेको कुरा पोखरेली मंच युकेका अध्यक्ष मान प्रसाद गुरुड्ग, सल्लाहाकार एवम एनआरएन युकेका संरक्षक सुर्य गुरुड्ग र कार्यक्रम संयोजक एवम कोषाध्यक्ष कमल गरुड्गले संयुक्त रुपमा बताउनु भयको छ।
भूपू खेलाडी मञ्च नेपालले ७ फागुन २०७५ मा पोखरामा गर्न लागेको १३औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन खेल प्रतियोगीता सहयोगार्थ पोखरेली मंच युकेले च्यारिटी डिनर गरी उक्त रकम जुटाइएको हो ।म्याराथनको इन्टरनेशनल पार्टनर पोखरेली मञ्च युकेले गरेको च्यारिटी डिनरमा एनआरएनए युकेका अध्यक्ष योग कुमार फगामी, उपाध्यक्षहरु शेर बहादुर सुनार, पुनम गुरुड्ग, शुसीला राइ, प्रेम गाहा मगर र केन्द्रीय पदाधिकारीहरुका साथै तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुड्ग र निर्वाचीत अध्यक्ष नन्दजंग गुरुड्ग, सहारा युकेका अध्यक्ष मीन गुरुड्ग, सहारा युके संस्थापक अध्यक्ष नविन गुरुड्ग, पुर्व अध्यक्ष दिलीप गुरुड्ग, तमु पेल्हु संघका अध्यक्ष मे रि खुशीमान गुरुड्ग एमभीओ , चार भंन्ज्याग तमु समाजका अध्यक्ष मेजर कृष्ण गुरुड्ग, हंगकंग नेपाली समाज युकेका अध्यक्ष भीम महेन्द्र गुरुड्ग, क्षत्री समाजका अध्यक्ष राजन क्षत्री समेतको उपस्थीतमा सो च्यारीटी कार्यक्रम भब्य भयको थियो।
एनआरएन अन्तराष्ट्रीय उपाध्यक्ष कुमार पंतले सबैभन्दा बढी ५ शय पौण्ड सहित उपाध्यक्ष कुल आचार्य , बिभीन्न्न संघसंस्था र बरीष्ठ समाजसेवी व्यक्तिले सहयोग गरेको कार्यक्रम अत्यन्त रमाईलो भयको थियो। पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङले कार्यक्रममा उपस्थीत भयर सहयोग गर्नु हुने दाता प्रति आभार व्यक्त गर्नु भयको थियो।
सो अवसरमा चन्दा बाहेक एनआरएन युकेले संरक्षक र सदस्यहरुबाट उठायको एक हजार पाउण्डको सहयोग चेक उपाध्यक्ष पुनम गुरुड्गले बुझाउनु भयको थियो भने तमुधी युकेले ५० हजारको चेक अध्यक्ष ज्ञाम गुरुड्गले बुझाउनु भयको, साहारा युके ८६३ पौण्डको सहयोग गर्नु भयको, धम्पुस समाज युकेले पनि ३ सय पौण्डको चेक दियर सहयोग गर्नु भयको थियो।
पोखरेली मंच युकेका कोषाध्यक्ष कमल गुरुड्ग संयोजक रहेको सो कार्यक्रम महासचीव मोहन थापाले उद्घोषण गरी संचालन भयको सो कार्यक्रम हेल्थ एण्ड सेफ्टी ब्रिफीड्ग उपाध्यक्ष बाचस्पती रेग्मीले गर्नु भयको थियो । संयोजक कमल गुरुड्गले च्यारीटी संकलनको बिषयमा प्रष्ट पार्नु भयको थियो भने बरिष्ठ समाजसेवी एवम पोखरेली मंचका सल्लाहाकार महेश गुरुड्गले सफल पोखरा अन्तराष्ट्रिय म्याराथनका बारेमा चर्चा गर्नु भयको थियो । बेलायतबाट चन्द्र गुरुड्गको नेतृत्वमा एक टोली म्याराथनमा सहभागी हुने भयकोले चन्द्र गुरुड्गले पनि खेल र टीमका बारेमा चर्चा गर्दै खेल आयोजक पुर्व खेलाडी मंच नेपाल र बिदेश स्पोन्सर पोखरेली मंचलाई स्पोस्टस् टुजीज्मको बिकासमा ठुलो काम गरेकोमा बधाई दिनु भयो ।
पोखरेली मंचका अध्यक्ष मान प्रसाद गुरुड्गको अध्यक्षतामा भयको सो च्यारीटी कार्यक्रममा प्रमुख अतिथी योग कुमार फगामीले पानसमा बत्ती बाली उदघाटन भयको थियो भने उपाध्यक्ष अम्बीका खड्काले च्यारीमा सहयोग गर्नेहरुलाई खादा लगायर स्वागत गर्नु भयको थियो। पोखरेली मंचका प्रमुख संरक्षक सीवि पुन र संरक्षक नन्दकुमारी गुरुड्गका साथै सल्लाहाकारहरु , कार्यसमीतीका पदाधीकारीहरु बिभीन्न सामाजीक संघसंस्थाका प्रतिनीधीहरु ३००को हाराहारीमा उपस्थीती रहेको सो कार्यक्रम संगीतमय भयको थियो।
गीत, संगीत र खेलकुद बीचको आत्मीय सम्बन्ध बढाउने प्रसङ्गमा " सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन " १३ औ संस्करणका लागि च्यरिटी डिनर नाइटमा गायक देब गुरुङ्ग र बसुरी बादक पहलसिङ्ग थापा, गायक रोविन श्रेष्ठ, गायीका शर्मीला बर्देवा, गायीका आचल लामाको कर्णप्रिय स्वरले हल रमाईलो र दर्शकहरुले नृत्यमा आनन्द लीयको देखीन्थ्यो ।
बेलायतवासी नेपालीले मातृभूमिका लागि आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गर्दै आयको दृष्टान्तहरुमा एनआरएनए युके पूर्व अध्यक्ष सूर्य गुरुङको संयोजकत्वमा पोखरा रंगशालाको पर्खाल निर्माणमा बेलायतबाट ५० लाख रुपैयाँ पठाइएको पनि थियो ।
पोखरेली मंच युकेको च्यारीटी रजीष्ट्रेसन र बिवीध काममा प्रत्यक्ष सहयोग पुर्याएको मुल्याड्गकन गर्दै साहाराका पुर्व अध्यक्ष दिलीप गुरुड्गलाई सम्मान गरीयको थियो ।कार्यक्रममा उपाध्यक्ष करम गुरुड्गले संचालन गर्नु भयको राफल ड्र प्रथम पुरष्कार भर्खरै निर्वाचीत तमुधी युकेका अध्यक्ष नन्दजंग गुरुड्गले स्पोन्सर गर्नु भयको थियो भने दोश्रो एनआरएन युकेका संरक्षक सुर्य गुरुड्ग, तेश्रो सपना हाउस रीडीड्गबाट करम गुरुड्/हरीमाया गुरुड्ग, बिशेष पुरष्कार मेजर खुसीमान गुरुड्ग र पोखरेली मंचका उपाध्यक्ष अम्वीका खड्काले गर्नु भयको थियो । सम्पादक हरीकाजी गुरूङ एभरेष्ट टाइम्स, फोटो जर्नालीष्ट मीलन तमु गुरूङ, शीतलपाटीन्युज डटकम उपस्थीत रहेको एम्पायर हलमा भयको सो कार्यक्रम स्वादिष्ट खानाका साथ सम्पन्न भयको थियो ।