Wednesday December 01, 2021

फिलिपिन्सलाई 'मिस युनिभर्स २०१८' को उपाधि , नेपालटप १० सम्म पुग्न सफल

२ पुष, २०७५ शीतलपाटीन्युज डटकम 3599


फिलिपिन्सलाई 'मिस युनिभर्स २०१८' को उपाधि , नेपालटप १० सम्म पुग्न सफल

शीतलपाटीन्युज डटकम।

थाइल्याण्डकको बैंककमा गएराति  'मिस युनिभर्स २०१८' घोषणा गरिएको छ । फिलिपिन्सकी २४ वर्षीया युवती क्याट्रिओना ग्रे विजयी भएकी छन् । उनले 'मिस युनिभर्स २०१८' को उपाधी हात पारेकी छिन् । त्यसैगरी दक्षिण अफ्रिकाकी तमारिन ग्रिन फस्ट रनरअप भएकी छिन् भने र सेकेन्ड रनरअप भेनेजुयलाकी स्थेफानी गुइटेरेज भएकी छिन् ।

उक्त ताज फिलिपिन्सको चौथो पटक जितेको ताज हो  । सन् २०१५, १९७३ र १९६९ मा पनि फिलिपिन्सले 'मिस युनिभर्स'को ताज जितेको  थियो । प्रतियोगितामा सहभागी ९४ प्रतिस्पर्धी लाई पन्छाउदै फिलिपिनो क्याट्रिओना ग्रेले सो उपाधी जितेकी हुन् । नेपालबाट सहभागी जनाएकी मनिता देवकोटा भने टप १० सम्म पुग्न सफल भएको जनाइएको छ । उनी यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?