Saturday February 22, 2020

युएईसँग नेपालले एक दिवसीय क्रिकेट सिरिज खेल्ने पक्का

४ पुष, २०७५ शीतलपाटीन्युज डटकम 1299


युएईसँग नेपालले एक दिवसीय क्रिकेट सिरिज खेल्ने पक्का

शीतलपाटीन्युज डटकम।

युएईसँग नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने लगभग पक्का जस्तै भएको छ । तर  मिति भने तय भइसकेको छैन । उक्त कुराको जानकारी नेपाली क्रिकेट टिमका म्यानेजर रमन शिवाकोटीले दिएका हुन् । 

यता, नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षकले अक्टोबर नोभेम्बरमा नै कुनै टिमसँग एक दिवसीय सिरिज खेल्ने अनुमति दिन आईसीसीलाई पत्र पठाएको बताए ।
नेपालले युएईसँग दुई खेलको एक दिवसीय अन्तर्राष्ट्रिय र दुई खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने सम्भावना रहेको छ ।

गत मार्चमा नेपालले जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै एक दिवसीय मान्यता पाएको थियो । त्यसयता नेपालले नेदरल्यान्ड्ससँग मात्रै दुई खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलको छ । १-१ को बराबरीमा सिरिज टुंग्याएको नेपालले ऐतिहासिक सफलता हात पारेपनि ठूला सिरिजहरु खेल्न पाइरहेको छैन ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?