Saturday January 28, 2023

धरानकी मेरिनाले चुमिन मिस नेपाल आईडलको ताज

१४ असार, २०७५ शीतलपाटीन्युज डटकम । 7422



शीतलपाटीन्युज डटकम।
काठमाडौँ, असार १२ गते । धरानकी मेरिना लिम्बुले  “मिस नेपाल आईडल २०१८” उपाधी जितेकी छन् ।

एमाजोन ईन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भएको बौद्धिक एवं सौन्दर्य प्रतिष्पर्धामा अन्य सहभागी १८ जनालाई पछि पार्दै उनले उपाधी जितेकी हुन् । राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा फस्ट रनर अपमा सुसन कोईराला घोसित भईन । उनले उपाधी सहित मस्ट ब्युटिफुल र मिस पब्लिक च्वाईसको टाईटल पनि प्राप्त गरिन ।

त्यस्तै सेकेन्ड रनरअपमा आकृति कुँवर घोसित भईन् । उनले ट्यालेन्ट शो मा प्रस्तुत गरेको नृत्यले बेस्ट ट्यालेन्टको उपाधी पनि प्राप्त गरिन । थर्ड रनरअप रक्षा भुजेल घोसित भईन् । उनले उपाधी सहित बेस्ट पर्सानालिटी अवार्ड पनि प्राप्त गरिन । बेस्ट फिगर तथा मस्ट पपुलरको ताज कृजु महर्जनले हात पारिन ।

प्रतियोगिताको निर्णायक मण्डलमा इन्टरनेसनल मोडल तथा कोरियोग्राफर दिक्पाल कार्की, नर्सिङ आईडल बिजेता सुनिशा बिष्ट, नायिका तथा मोडल सुष्मा अधिकारी, चर्चित गायक यम बराल र प्रमुख निर्णायकमा मोडल आरजे भिजे तथा कोरियोग्राफर कला सुब्बा रहेका थिए ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?