Friday September 20, 2019

प्रदेश ४ का अार्थीक मामीला मन्त्री किरण गुरुड्ग तमुधिं युके ल्होछारमा प्रमुख अतिथी

१२ पुष, २०७५ शीतलपाटीन्युज डटकम। 1287


प्रदेश ४ का अार्थीक मामीला मन्त्री किरण गुरुड्ग  तमुधिं  युके ल्होछारमा प्रमुख  अतिथी

शीतलपाटीन्युज डटकम।

लण्डन। छयाँजलो, ताहान मिथेवामैलई छयाँजगे मु, जाँसाजे भन्दै तमुधी युके महासचीव कृष्ण गुरुड्गले तमुधि युकेको फो ल्होछार कार्यक्रमका प्रमुख अतिथि प्रदेश नंवर ४ पोखरा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुरूङ आउने समाचारको जानकारी गराउनु भयको छ । 

यहा शब्द मै प्रष्ट छ तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ ।  तिव्वति बोद्धार्गी अनि तिव्बतो बर्मेली समुदायमा बर्ष भरि ३ प्रकारको ल्होसार मनाउने चलन छ, जस्मा तमु या तालो ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार मनाईन्छ ।

त्यस्तै तमुधि युकेको फो ल्होछार कार्यक्रममा प्रमुख अतिथिमा प्रदेश नंम्वर ४ का आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुरूङ , उहाकी  धर्मपत्नी श्रीमती कृष्ण कुमारी गुरूङ श्रेष्ठका साथ आज बिहिवार २७ गते, साँझ १० बजे हिथ्रो ४ टर्मिनलमा आँउदै हुनुहुन्छ । उहाँको स्वागत सम्मानमा एयरपोर्टमा नेपाली दुताबास परिबार,एनआरएन युके, तमुधिं युकेपरिबार, राजनीतिक पार्टीका प्रतिनिधि  पत्रकारहरूको उपस्थिति रहने कुरा तमु धी युकेका अध्यक्ष ज्ञाम गुरुड्गले समाचारमा बताउनु भयको छ। 

अार्थीक मामीला मन्त्री गुरुड्ग बेलायत रहदासम्म शुक्रबार २८ गते साँझ ६ बजे तमुधि भवनमा उहाँको दम्पती लगायत, धर्म गुरूहरू श्र्रदेय खेन्पो सन्तोष लामा गुरूङ, बरिस्ठ लामा खुशी मान लामा गुरूङ र कलाकारहरूको स्वागत सम्मान गरीने भयकोले तमुधि भवन मिचेटमा बिसेष कार्यक्रम राखिएको समाचार छ।

राज्यमन्त्री किरण गुरुड्ग २९ गते साझ साउथईष्ट रिजनल तमुधि लन्डनको कार्यक्रम, तमुधि  युकेको आईतबार बिहान ३० गते रिडिङ रिभरमेडमा हुने धार्मिक कार्यक्रम र साँझ अफिसियल मनोरन्जनात्मक कार्यक्रम, ३१ गते साँझ नेपाल एम्बेस्सी लन्डन, १ गते प्रबासी मन्च युके ,२ गते एनआरएन युके र तनहुँ समाज युकेको प्रोग्राममा सम्मीलीत हुने कार्यक्रम छ। 

बेलायतका लागी नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदी सहभागी हुने उक्त ल्होसारमा GCSC र A लेभलमा उत्कृष्ट नतिजा ल्याउने बिध्दार्थीलाई डा हर्क अवार्ड प्रदान गरीने , एकतोला सुन पहिलो पुरष्कार रहेको राफल ड्र खेलाईने र कार्यक्रममा सहभागीता बढाउन अल्डरसट, क्यामबर्ली,फानवोरो, प्लमस्टीड समेतमा बसको बसको ब्यवस्था गरीयको छ। सो ल्होछार कार्यक्रममा " निरन्तर नेत्तृत्व" र फ्रेसी मुखपत्र विमोचन हुने जानकारी प्राप्त भयको छ।

कार्यक्रम भब्य वनाउन आधुनिक पपुलर गायक टंक बुढाथोकी बुधबार साँझ ८ बजे हिथ्रो टर्मिनल ४ मा आईपुगी सक्नु भयको र अध्यक्ष गुरुड्ग लगायत तमुधीको एक टीमले भब्य स्वागत गरेको छ।सोही कार्यक्रमका लागी आउने कलाकारहरू अनु गुरूङ र गोबिन गुरूङ २८ गते शुक्रबार बिहान आईपुग्ने कार्यक्रम रहेको छ।

 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?