Saturday October 01, 2022

कोलम्बियाका राष्ट्रपतिको हत्या गर्ने प्रयास

१५ पुष, २०७५ शीतलपाटीन्युज डटकम 44041


कोलम्बियाका राष्ट्रपतिको हत्या गर्ने प्रयास

शीतलपाटीन्युज डटकम।

 कोलम्बियाका राष्ट्रपति इभान डुक्युको हत्या गर्ने प्रयास भएको दाबी गरिएको छ ।

कोलम्बियाका विदेशमन्त्रीले भेनेजुयलाका तीन नागरिकले राष्ट्रपतिको हत्या गर्न लागेको दाबी गर्नुभएको हो ।

उहाँले हत्या गर्न लागेको अभियोगमा तीन जना भेनेजुयलाका नागरिकलाई पक्राउ गरिएको पनि जानकारी दिनुभएको छ ।

“विगत केही महिनादेखि उहाँको हत्या गर्ने प्रयास भइरहेको गुप्तचरले पुष्टी गरेका छन्,” विदेश मन्त्री कार्लोस होल्मसले भन्नुभयो ।

पक्राउ परेकाबाट घटनाका बारेमा अनुसन्धानकार्य जारी रहेकाले थप विवरणहरु पछि सार्वजनिक गरिने उहाँको भनाइ छ ।

राष्ट्रपति इभानलाई भित्री तथा बाहिरी पत्रबाट सुरक्षा चुनौती रहेको पनि उहाँले बताउनु भयो । बोगोटा र काराकासबीचको तनाब बढ्दै गइरहेका बेला कोलम्बियाको तर्फबाट यस्तो अभिव्यक्ति आएको हो ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?