Monday May 29, 2023

तमु धी युकेको ल्होछार भब्य सम्पन्न , मन्त्री किरण गुरूङद्वारा प्रबिधी लीयर देश फर्कन आब्हान

१७ पुष, २०७५ बाचस्पति रेग्मी 3380


तमु धी युकेको ल्होछार भब्य सम्पन्न , मन्त्री किरण गुरूङद्वारा प्रबिधी लीयर देश फर्कन आब्हान

शीतलपाटीन्युज डटकम।

रीडीड्ग, लण्डन। तमु धीं युकेले विविध कार्यक्रमहरु सहित तमुहरुको फो ल्होछार नया बर्ष भब्य रुपमा मनाएको छ । रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्समा भयको सो कार्यक्रममा तमुहरुको मौलिक, सांस्कृतिक एवं ऐतिहासिक रुपमा सो पर्व धुमधामसँग मनाइएको हो । 

प्रमुख अथिति गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ रहेको सो  कार्यक्रम महासचीव कृष्ण गुरुड्ग ले उद्घोषण गर्नु भयको थियो। 

पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरीयको सो कार्यक्रमको अध्यक्षता तमुधिं युकेका नव निर्वाचित अध्यक्ष नन्द गुरुङले गर्नु भयको थियो । प्रमुख अथिति मन्त्री किरण गुरुङ ,विशेष अतिथी नेपाली दूतावासका महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदी, धर्मगुरु खेम्पो सन्तोष गुरुङले पानसमा बत्ती बालेर कार्यक्रम उदघाटन गरीयको थियो ।ल्होछारको शुभकामना धर्म गुरु खेम्पो सन्तोष गुरुङले दिनु भयको थियो भने हेल्थ एण्ड सेफ्टीका बारेमा तमु धी युकेका सल्लाहाकार क्याप्टेन देब घलेले जानकारी गराउनु भयको थियो। 

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले युकेमा बसिरहेका नेपालीहरुलाई नेपाल फर्केर नेपाल आमाको सेवा गर्न निम्तो दिनुभयो । विदेशमा ज्ञान, सीप सिकेर त्यसलाई नेपालमा उपयोग गर्न उहाँले आह्रवान समेत गर्नुभयो । विदेशमा आर्जन गरिएको सम्पत्तिलाई नेपालमा लगानी गर्न आग्रह गर्दै उहाँले अब नेपालमा लगानीको सुरक्षाको ग्यारेण्टी भएको बताउनुभयो ।

तमुधी युकेको बार्षीक मुखपत्र फ्रेंसी पत्रिका विमोचन समेत गरिएको सो अवसरमा संस्थाको नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण गरिएको थियो । नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङले पवित्र उद्धेश्य राखेर समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुने तथा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै युवाहरुलाई साथमा लीयर काम गर्ने र युवाहरुलाई अगुवा बनाएर जाने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा विविध मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो जसको सञ्चालन सुर्य गुरुङ ,योगेश गुरुङ ,संजु घले र सशी गुरुङले गर्नुभएको थियो । त्यसबाहेक कार्यक्रममा गुरुङ जातिका सांस्कृतिक पहिचान झल्कने वेशभूषा र नाचगान प्रदर्शन गरिनुका साथै स्थानीय कलाकारका गीत, नृत्यसहित विशेष प्रस्तुति रहेको थियो । कार्यक्रममा तमुधिं युकेको निमन्त्रणामा नेपालबाट आएका चर्चित गायक टंक बुढाथोकी, गोविन्द गुरुङले विभिन्न चर्चित गीतहरु गाउनुभएको थियो। टंक बुढाथोकी मन ठुलो कि धन ठुलो गीतले हल गुन्जायमान भयको थियो ।

तमुधिं युकेका अध्यक्ष नन्दजंग गुरुङ्को अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा मन्त्री किरण गुरुङ ,विशेष अथिति नेपाली दूतावासका महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदी र श्रीमती पुनम सुबेदी, धर्मगुरु खेम्पो सन्तोष गुरुङ, लामा खुसी मान गुरुड्ग, काउन्सीलरहरू  लछ्य गुरूङ र बिष्णु गुरूङ, तमुधीका संस्थापक अध्यछ्य मीन गुरूङ सीकलिसे, पुर्व अध्यछ्यहरू सुबास सी गुरूङ, मुछेत्र गुरूङ, कमल गुरूङ, रामचन्द्र गुरूङ , एनआरएन युकेका संरछ्यक सुर्य गुरूङ, एनआरएन युकेका अध्यक्ष योग कुमार फगामी, उपाध्यक्षहरु पुनम गुरुड्ग, शुसीला राई, महासचीव राज कुमार त्रिपाठी, साहारा युकेका अध्यक्ष कुमार गुरुड्ग,तमुधिं युकेका सल्लाहकारहरु, आजीवन

सदस्यहरु, विभिन्न ईकाईका अध्यक्ष तथा पदाधिकारीहरु, आमा समुह र महिला दिदी बहीनीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार महासंघ युकेका अध्यक्ष नरेस खपाड्गी, कान्तीपुरका प्रतिनिधी नविन पोखरेल, एभरेष्ट टाइम्सका सम्पादक हरीकाजी गुरुड्ग, फोटो पत्रकार मीलन तमु गुरूङ, फोटोग्राफर शंकर गुरूङ, एभरेष्ट टाइम्स नेटका एस के गुरूङ, बिबिएम वरल्काडका बिसन गुरूङ, पत्रकार महासंघ युकेका सचीव पुर्ण गुरुड्ग, लण्डन नेपाल न्युजका सम्पादक शीव भण्डारी, शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मीको विशेष उपस्थिति रहेको थियो ।

(फोटो : शीव भण्डारी )



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?