१७ पुष, २०७५
केशव पुडासैनी :
“नया साल २०१९ को निम्ता “
दिनॉक: ३१ डिसेम्वर २०१८ ।
बिषय: पार्क कोर्टमा निम्ता ।
सानी पल !
अटुट संम्झना !!!
गत बर्षमात्रै १७ पुगेर १८ को लागेको ‘टिन १८” को पार्क कोर्ट पार्टीमा तिमीले दिएको नम्बर त मलाई एकै पल्टमा कन्ठै भयो । कस्तो सजिलो नम्बर संम्झनालाई २०१८....... । मलाई त ऊहिल्यै कन्ठ भयो । तर, मेरो त खै के भयो तिमीलाई ? ०७४०२६... कस्तो गार्हो छ, यो थिर्री (३) नेटवर्कको जस्तो लाईन ऊस्तै नम्बर । न वेलामा फोन लाग्छ न संम्झन सजिलो।
हुन त दशौ बर्ष भै सक्यो तिमीलाई दिएको मेरो यै नम्बर । अब त तिमीलाई पनि कन्ठै होला हगि ?
तिमीसंगको छोटो संम्वन्धमा नै कति नजिक भै सकेकी थियौ। कस्तो खुशीको बहाड नै ल्याइदिएकी मलाई ।हॉसो खुशीमै दिन महिना गर्दैमा पल पल बितिरहेथे । लाग्थो भगवानले दुखी मनमा अलिकती भए पनि हॉसो-खुसीकै लागि सालै पिच्क्षे भेंट गराईदिएका रहेछन। धन्य ईश्वर ! भुलेरै भएनी भेट हुन्छ उहि दिन पारेर ।
लन्डनका चिसा दिन रातहरु पनि तिम्रा सामिप्यले होला मलाई कति नि चिसा लाग्दैन । मनमा उमंग थियो, हर्ष थियो। सधै तिमीसंगै रहिरहु जस्तो लाग्थ्यो, तर पनि जीवन जीऊनका लागि केही न केही गर्नै पर्ने ।
बिस्तारै म पनि काम-व्यावसायमा बिजी हुन थाले । उता तिमी पनि आफ्नै दिनचार्यमा ।
महिनाहरु बित्दै गए, कुराकानी, भेटघाट एक पछि पातलिदै गए । पुराना भेटघाटका क्षणहरु संझेर रात सर्लकै बित्यो, धन्न भोलीपल्ट आईतवार थियो र बिहान अबेरसंग बेडमै पल्टी रहें । तै पनि फिल्मी पाराले संझनाका फोटोहरु मनमा पल्टाईरहें ।
टिभीमाथी झुण्डाएको तिम्रो त्यो फोटो देखेर मनमा दुरुस्त तस्बिर आयो। तिमीले भेटेकै दिन दिएको त्यो फोटोलाई सजाएर भित्तामा राखेको छु । मनमा छ त भन्नै नपर्ला ।
आजै भेट्छु। मोवाइलमा कल गरिरहे, उठेन । म्यासेज लेख्या, कुनै रिप्लाई नै भएन । म्यासेन्जरमा पो अनलाईन छौ कि भनेर हेर्या, यसमा पनि पाईन । सोच्यॉ ! सायद अन्डरगाउन्ड टेर्नमा भएर होला । अन्डरगाउन्डको त के कुरा नेशनल, भर्जिनको अघिअघि कुद्दा त थाक्दिनौ, तन्नेरी बल। चाह्रौ प्रहार उस्तै गति ? कसरी कसेकी हेल्यौ। म त दुई प्रहार काम गर्यॉ भने बाक़ी त बेडमै बिताईदिन्छु । १८-१९ को मा नि यस्तो अन्तर ? अझ बढ़ीमा के होला?
एक मनले सोचें यी तन्नेरीहरु यस्तै हुन, एकोहोरा। अर्काका कुरै नसुन्ने। आफै उन्मद १८ का अधबैषेहरु ।
आईतवार मलाई काममा जानु पर्दैन भन्ने हेक्का पनि नहुनि । कतिपल्ट भनि सके। म्यासेज पनि दसौ भएहोला। खै हेर्दिनन कि क्या हो । हल्का रिस पनि उठ्यो। भेटेरै दुख सुखका बात साटैला भनेको के हुन्थ्यो, समय नै नहुने।
फुर्सद हुदा मेरै त्यो Kenwits आए के नै फरक पर्थो र । ५ बजेपछि मन लागुन्जेल बसौला नि हामी दुई ।?गत साल खाएको म्याकडोनालको भेजी र्याप फेरी ल्यार बाड़ी चुडी खॉदा नि हुनेहो ।
उनि आचाकल्ली बेफुर्सदी। एकोहोरो मनकी, कसैलाई कुर्नी-पर्खिनी त मतलब नै नहुनि । उ त्यो परको घडीले थोरै पल भए नि पर्किन्छ मलाई तर आफ्नै भएर नि पर्खिने त खै ! के भन्ने अरुलाई ।
उसलाई पुरा साल कुरें । कति गार्हो भयो त्यो अघिल्ला रातहरु बिताउन । दुखै दुख सहेर पनि कुर्यॉ उस्को लागि तर मलाई भने मतलवै नाई ।
मनमा चिसो नपस्नि त कहॉ हो र?
के मलाई साच्ची नै बिर्सिलिन त ?
अनाएसमा नै अनुत्तरित भए ।
हैट! यस्तो पनि हुन्छ र? अनायसमा संका गर्नु पाप हो । अबुज्जक हो, मुर्ख हो । यस्तै सोच्छ यो मनले पनि कहिले काही।
तर,
के तर । फेरी उहि बिषयमा फर्किए । सबै कहॉ उस्तै सोचेका जस्तै हुन्छ र ? आफैलाई पाप लाग्ला, यी र यस्ता अविवेकी कुरामा मन खिन्न बनाउनु आत्मागालानी हुनु हो ।
एकाएक समालियॉ मनलाई । बिगतलाई कोट्याएर के फाईदा नै पनि ।
ढोकासंगैको ऐनामा हेर्यॉ, आफैलाई जवान वयष्क देख्छु, तन्नेरी चिटिक्क परेको, सर्लक्क केस ढल्काएर बजार डुल्दा त दुई चार त त्यसै पछि लागेहोलान । मात्रै एक बर्षको फरक न हो उनिसंग । गत बर्षमात्रै १७ पुगेर १८ को बयस्कलागेकी मस्त तरुनी तिमी, म १८-१९ को । हेर्दै रगत चुहिने जस्ता तिम्रा ति सुकमोल गाला, लाली ओठ । मनासुलु हिमालमा मध्यननमा चम्केको तेज़ जस्तो अनुहार बिहानै हेर्थे, दिनभरी कति हेरे तै पनि नपुगेर सॉझमा पनि हेरी हेरी निदाउथे। पुरा साल यसरी नै बिताएँ ।
एकाएक महिनाहरु लण्डनका ब्यास्त मानिसका भिडमा हराए जस्तै भयो । जनवरीको झुल्के बिहानी मै भेटेको आज ठ्याक्कै एक बर्षलाई एकै दिन नपुग्ने रहेछ। मनमनै हिसाब गर्दा ठ्याक्कै ३६४ दिन नै हुदोरहेछ आजै। त्यसैले अघिल्लो साल भेंटेको तिथि र मितीलाई “संम्झनाको साईनो बर्ष “ मानेर भव्य पार्टी गर्ने बिचार मनमा पलायो ।
“निम्ता गर्न पत्र लेखुं कि फोनमै” भन्दैमा यत्रो ढिला भयो ।
जे त होला बोलाऊछु ऊनलाई र धुमधामले मनाऊछु अर्को “मिलन पार्टी” मेरै भाडाको फल्याटैमा भन्दै ऊनलाई कल गर्यॉ । धन्न भुलिन, भेनु त १ पार्क कोर्ट हो भन्न, नत्र ऊहि पोहरको संम्झेर लाग्थिन होला । सजिलो छ चिन्नलाई । घर एकै हो तर हलमात्रै फरक पर्ने हो । ३ नं हलका छिमेकी राजभाईलाई सोधे नि नझर्की बताईदिन्छन, १ पार्क कोर्टको गल्ली ।
तिमीले साथ र हात दिए अर्कों सालको भव्य पार्टी नया आफ्नै घरमा दिऊला हुन्नर?मन फुकाएर अनि कम्मर हल्लाई हल्लाई तिमी र म संगै नाचौला । सबै निम्तालुलाई नचाऊँला घरी घरी तिमीलाई मन पर्ने क्या “ लर्के जोवन फुर्के मन बिताऊँ हॉसेर...... भन्ने बोलमा। कि तिमीलाई मन पर्ने नयॉ बोलको भाका... खुशी दिन्छु साथ दिन्छु जुनी जुनीलाई ।
हेर ! यसै बर्ष तिमी १९ लाग्दा म पनि त २० बर्षे लक्का जवान न हु्न्छु । उन्नाईस बिसका साथी हामी । पिर नमानी आऊँ है । एक दिन अघि नै निम्ता दिएको छु नि? तिम्रो चेन्ज भएको नम्बर त २०१९..... हैन र ? म तिमीलाई बिहानै सगरमाथामा झुल्के किरण नपुग्दा नै कल गर्छु है एकाबिहानै।
ल ल अबेर नगरी आऊनु नि ? १ जनवरी २०१९ कै बिहान झुल्के मिरमिरे मै । के के तयार गर्नुछ, अलपर्टनको मन्दिर दर्शनसंगै ईलिंग रोडको सब्जी बजारबाट तिमीलाई मन पर्ने तरकारी पनि लिनु छ। तिमी पनि खुशी बोक्ने ठुलो झोला बोक्नु है । अनि यो खुशीको झोला मलाई नै छोडिदिन्छ्यौ नि अर्कों साललाई ।
अं न बिर्स है फोहोरको भन्दा अल्ली राम्री भएकी फोटो ल्याउन । नबिर्सनु है, पहिलेकै संगै सजाउनु छ नि यसपाली पनि।
ल त रात पनि छिप्पीयो, यति भन्दै फोन काट्या ।
प्रार्थी,
केसरी प्रसाद । पार्क कोर्ट, लण्डन ।
३१ डिसेम्वर २०१८।