Saturday October 23, 2021

सन्दिपले बिग बाश लिगका बाँकी खेल नखेल्ने

१८ पुष, २०७५ शीतलपाटीन्युज डटकम 3020


सन्दिपले बिग बाश लिगका बाँकी खेल नखेल्ने

शीतलपाटीन्युज डटकम।

अष्ट्रेलियामा निकै चर्चा बटुलेका सन्दीपले बिग बासका बाँकी खेल भने नखेल्ने भएका छन् । सन्दीपले ट्विट गर्दै यसको जानकारी दिएका हुन ।

हिजो मेलबर्न स्टार्सको लागि चौथो खेल खेल्दै आठौं विकेट लिएका सन्दिप अब बिग बाश लिगमा फेब्रुअरीको दोस्रो साता मात्र फर्किनेछन् । उनी बिग बाश लिग छोडेर आज बिहान बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेशतर्फ लागेका हुन् ।

सन्दिपले बिग बाश लिगमा खेलेका ४ खेलमा ४ वटै विपक्षी टिमका कप्तानको विकेट लिएका छन् । उनले मंगलवार मेलबर्न क्रिकेट ग्राउण्डमा स्टार्सका लागि १ विकेट लिएका थिए । उक्त खेलमा मेलबर्न स्टार्सले मेलबर्न रेनेगाड्सलाई ७ विकेटले पराजित गरेको थियो । बीबीएलको पहिलो सिजनमै शानदार प्रदर्शन गर्ने क्रममा सन्दीपले सुरुको ४ खेलमा ८ विकेट लिइकसकेका छन् । उनले सिड्नी थण्डर विरुद्धको डेब्यु म्याचमा २ विकेट लिएका थिए ।

सन्दीपले बीपीएलमा डेविड वार्नरको कप्तानीमा रहेको सिलेट सिक्सर्सबाट खेल्नेछन्। उनको टिमको पहिलो खेल जनवरी ६ (आउने आइतवार) तमिम इकबालको कप्तानीमा रहेको कमिला भिक्टरियन्ससँग रहेको छ। बीपीएलकै दौरान नेपालको युएईसँग वनडे र टि–२० खेल छ । यो सिरिजका लागि सन्दिप उतैबाट युएई जानेछन् । जनवरी २५ देखि फेब्रुअरी ३ सम्म नेपालले युएई विरुद्ध ३ ओडिआई र ३ टी–२० खेलको सिरिज खेल्नेछ। त्यसपछि आफ्नो टिम प्लेअफ पुगेमा सन्दिप बंगलादेश प्रिमियर लिग फर्कन सक्छन् । उनको टिम प्लेअफ नपुगे उनी सिधै बिग बाश लिगका अन्तिम खेल खेल्न अस्ट्रेलिया जानेछन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?