१९ पुष, २०७५
शीतलपाटीन्युज डटकम।
अल्डरसट, लण्डन। गैर–आवासीय नेपाली संघ (एनआरएनए यूके) ले प्रदेश ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र पूर्व सभासद नगेन्द्र कुमालसंग अन्तरकृयामा सम्पन्न गरेको छ। सो अवसरमा एनआरएनएका अभियन्ताहरु लगायत बिभिन्न संघसंस्थाका प्रमुख लगायत प्रतिनिधिहरु उपस्थिति थिए। नेपालबाट आएका अन्य अतिथिहरुमा शालिग्राम अर्याल र कलाकार टंक बुढाथोकी पनि उपस्थित थिए।
अल्डरशटस्थित एनआरएनए यूकेको कार्यालयमा भएको सो कार्यक्रममा प्रवासी नेपालीहरु र तिनका समस्याहरुका बिषयमा छलफल केन्द्रित थियो। एन आर एन युकेका अध्यछ्य योग कुमार फगामीको अध्यछ्यतामा भयको सो कार्यक्रम महासचीव राज कुमार त्रीपाठीले उदघोषण गर्नु भयको थियो। अन्तरकृया कार्यक्रमकी संयोजक एनआरएनए यूकेकी उपाध्यक्ष श्रीमती पुनम गुरुङले उपस्थित सबैलाई स्वागत गर्नु हुदै स्वागत भाषण गर्नु भयको थियो। । उपस्थित हुने संघसंस्थाका प्रमुख प्रतिनिधिहरुमा एन आर एन अन्तराष्ट्रिय उपाध्यछ्य कुल आचार्य, सदस्यहरू राम शरण सीखडा, कुमारी गुरूङ, भक्त गुरुङ, तमुधी अध्यछ्य नन्दजंग गुरुङ,उपाध्यछ्य हितकाजी गुरुङ र जुमकाजी गुरूङ,एनपिसीसी अध्यछ्य युवराज गुरुङ,ग्रेटर रसमोर नेपाली कम्युनीटी अध्यछ्य जीव बेल्बासे, गोरखाली समाज युके अध्यछ्य कर्ण थापा, डेभिड गुरुङ, कमल गुरुङ, एन आर एन उपाध्यछ्यहरू शेर सुनार, प्रेम गाहा, उप महासचीव बिनय अधिकारी, होमनाथ पौडेल, रामचन्द्र गुरुङ, मिन गुरुङ, अध्यछ्य कुमार गुरुङ सहारा, हेम गुरुङ, दिल राज गुरुङ, सल्लाहाकार बाचस्पती रेग्मी, कल्पना गुरुङ एशियन महिला यूके, समुन्द्र गुरुङ, थाउजेण्ड गुरुङ, नारायण गुरुङ, दुत पुन, मगर सं अध्यछ्य नेम थापा, पर्वत अन्तराष्ट्रिय समाज अध्यछ्य पुरण गिरी, सपन कुमार राई, नरेश गुरुङ, क्या. राजु गुरूङ , क्या. चित्र गुरुङ, नन्द कुमारी गुरुङ हुनुहुन्थ्यो। लण्डन नेपालन्युज, एभरेष्ट टाईम्स, शीतलपाटीन्युज , न्युज 24 समाचार उपस्थीत सो कार्यक्रमा हल खचाखच र भब्य थियो।
कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्रि गुरुङले विदेशमा बसेर फरक फरक रङ नदेखाउन अनुरोध गर्दै उहाले नेपाली हु भनेर शक्ती देखाउन आग्रह गर्नु भयो। विदेशमा बसेका नेपाली समुदायलाई विदेशमा बसेर राजनीति नगर्न अनुरोध गर्दै उहाले विदेशमा सिकेको सिप, ज्ञान, प्रविधी र लगानी नेपालमा भित्राउन सकृय रुपमा लागेमा सधैको नेपाली हुने अनुरोध गरे । गैरआवासीय नेपाली संघको नागरिकतालाई कसैले रोक्न नसक्ने वताउँदै संसदीय प्रकृया पुरा गरे पछि नागरिकता प्राप्तिको सुनिश्चिता हुने वताए । उनले सधैं नागरिकताको मात्र कुरा नगरेर साच्चिकै देशमा केही गरेर देखाउन समेत एनआरएनलाई आग्रह गरे ।
बिशेष अतिथिको आसनबाट बोल्दै पूर्व सांसद नरेन्द्र कुमालले नेपालमा सहज रुपमा लगानीको वातावरण र विदेशमा बस्ने नेपालीहरुले निर्वाचनमा भाग लिने अधिकारको सुनिश्चिता हुन पर्नेमा जोड दिए । उनले एक पटकको नेपाली सधैंको नेपाली भन्ने भावनाको कदर हुनु पर्ने वताए । उनले नेपालका जनजातीहरुले आफ्नो हक अधिकारको लागि आन्दोलन गरेको वताउँदै अहिलेको दुई तेहाईको सरकारले धेरै काम गर्न सक्ने भएको हुँदा सबै पक्षको मागलाई सम्वोधनको लागि पहल गर्नुपर्ने बताए।
एनआरएनए यूकेका सल्लाहकार लक्ष बहादुर गुरुङ भूतपूर्व गोर्खाहरुको समानताको मुद्दामा नेपाल सरकारले कुटनैतिक भूमिका खेलेर नेपाल–बेलायत सम्बन्धलाई नयाँ आयाम दिन मन्त्री गुरुङ र सभासद कुमाललाई आग्रह गरे। वक्ताहरुमा एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्य, आइसीसी सल्लाहकार सुरेन्द्र नेपाल श्रेष्ठ, आइसीसी सदस्य राम शरण सिम्खडा, एनपिसीसी अध्यछ्य युवराज गुरूङ, एनआरएनए यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङले अतिथिहरुलाई स्वागत गर्दै आ–आफ्नो बिचार राखे। कुल आचार्यले देशको समृद्दिको लागि एनआरएनए सरकारसंग सहकार्य गर्न तयार रहेको बताए। नेपालमा भयको सवारी दुर्घटना न्युनीकरण गर्न ट्राफिक बिशेषग्य थर्क सेनले ट्राफिक अवरनेस पुस्तक हस्तान्तरण गर्नु भयको थियो।
मन्त्री गुरुङ फो ल्होछारको अवसर पारेर तमुधीं यूकेको निमन्त्रणामा बेलायत आयको हो । त्यस्तै बीपी मेलमिलाप दिवसको अवसरमा एनपीसीसी यूकेको निमन्त्रणामा बेलायत आएका नेता कुमाल नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का पूर्व केन्द्रिय अध्यक्ष समेत हुन् ।