Sunday December 15, 2019

जनताले नेतृत्व परिवर्तन चाहेका छन् : महामन्त्री डा. कोइराला

२३ पुष, २०७५ शीतलपाटीन्युज डटकम 1191


जनताले नेतृत्व परिवर्तन चाहेका छन् : महामन्त्री डा. कोइराला

शीतलपाटी न्यूजडटकम

नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले जनताले पार्टीको नेतृत्वमा परिवर्तन खोजेको बताएका छन् । नेपाली काङ्ग्रेस रत्ननगर नगरसमितिले आज रत्ननगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा बोल्दै उनले पार्टीलाई एक बनाएर लैजानका लागि नेतृत्वमा परिवर्तन आवश्यक रहेको बताए ।

आफूले पटकपटक सभापतिलाई पार्टी एक ढिक्का बनाउन आग्रह गरेको बताउँदै उनले पार्टी गुट उपगुटले ध्वस्त भएको बताए । यो गुट उपगुटको अन्त्य सभापतिकै नेतृत्वबाट हुनुपर्ने उनको भनाइ थियो । 

आउँदो निर्वाचनसम्म पार्टीलाई एक ढिक्का बनाएर लैजान सकेमा नेपाली काङ्ग्रेसलाई कसैले जित्न नसक्ने उनको भनाइ थियो । अहिले आम नेतृत्वले काङ्ग्रेसलाई कसरी बलियो बनाएर लैजाने भन्ने विषयमा सोच्न आवश्यक रहेको उनले बताए । 

यस्तै अर्का नेता महेश आचार्यले पार्टीभित्रको अन्तरघातका कारण काङ्ग्रेस कमजोर बनेको बताए । पार्टीलाई चलायमान बनाउनका लागि तत्काल सङ्घीयताको आधारमा पार्टी संरचना निर्माण गर्नु आवश्यक रहेको आचार्यले बताए । 

नेपाली काङ्ग्रेसका नेता धनराज गुरुङले नेपाली काङ्ग्रेस आफ्नो दृष्टिकोणका साथ बदलिनु आवश्यक रहेको बताए । पार्टीलाई चलायमान बनाउन लागि नेतृत्व सदाचारको बाटोमा हिड्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो । 

सो अवसरमा काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, रत्ननगर नगर समिति सभापति रुपनराज घिमिरे, कोषाध्यक्ष शिब वराल लगायतले बोलेका थिए । कार्यक्रममा कृयाशिल जेष्ठ सदस्य १० जना र पार्टीलाई विभिन्न समयमा सहयोग पु¥याउने पाँच जनालाई सम्मान गरिएको थियो । 

रासस




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?