Wednesday December 01, 2021

かついた」勤務中に爆破予告

४ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम 1329



शीतलपाटीन्युज डटकम।

 काठमाडौं । असार १६ गतेबाट अनशनरत डा.गोविन्द के .सीका माग पुरा गर्ने चिकित्सा क्षेत्र सुधारको माग गर्दै गत असार १६ गते देखि अनसनरत डा . गोविन्द केसीको माग पूरा गर्न दवाब दिन डा.गोविन्द केसी बचाऔं अभियान सिद्धार्थनगर, रुपन्देहीले प्रधानमन्त्री के.पी.शर्मा ओलीलाई ज्ञापनपत्र पठाएको छ । अभियानले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पठाएको हो ।

डा .केसीले उठाएका जायज माग तुरुन्त पूरा गर्नुपर्ने, डा.केसीसंग भएका पूर्व सहमतिहरु कार्यान्वयन हुनुपर्ने, साउन ३ गते जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा.केसीका समर्थकमाथि भएको अमानवीय व्यवहारको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही हुनुपर्ने र स्वास्थ्य तथा शिक्षा क्षेत्रकोे माफियाकरण अन्त्य गरी शिक्षा र स्वास्थ्य निःशुल्क एवं सर्वसुलभ व्यवस्था हुनुपर्ने माग राख्दै अभियानले ज्ञापनपत्र बुझाएको हो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?