Sunday August 14, 2022

बाचन प्रविण दीनबन्धु पोखरेलले बेलायतको आध्यात्मिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कंदै

२९ पुष, २०७५ शीतलपाटीन्युज डटकम। 114192


बाचन प्रविण दीनबन्धु पोखरेलले  बेलायतको आध्यात्मिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कंदै

शीतलपाटीन्युज डटकम।

अल्डरसट, लन्डन। शीव कल्चरल एण्ड कम्युनीटी सेन्टर अल्डरसट लण्डनको अल्डरसटमा आयोजित पं दीनबन्धु पोखरेलको तीन दिने धार्मिक प्रवचन श्रीमद भागवत पुराण, वेद र बुध्द दर्शन सम्बन्धी कार्यक्रम अत्यन्त रोचक तरीकाले भब्य सम्पन्न भयको छ । ३ लाख पर्ने एउटा भवन खरीद गर्न स्वफुर्त रुपमा जम्मा हुदै रहेको फण्डका लागी सो कार्यक्रममा ५० हजार पाउण्डको सहयोग संकलन भएको हो।

शुक्रबारदेखि आइतबारसम्म चलेको वाचन प्रविण पण्डित दीनबन्धु पोखरेलको प्रवचन शिव मन्दिर तथा कम्युनिटी सेन्टरको लागि भवन खरिद गर्न आवश्यक कोष जुटाउने उद्देश्यले आयोजना भयको हो ।श्रीमदभागवत पुराण , वेद र बौद्ध दर्शनसम्बन्धी प्रवचन कार्यक्रमबाट ५० हजार पाउण्ड संकलन भएको शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष रोहित गुरुङले जानकारी दिनु भयको छ ।सो कम्युनिटी सेन्टरले ३ लाख पाउण्डको लगानीमा अल्डरसटस्थीत Odd Fellows Hall, Queens Road, Aldershot GU11 3JU मा मन्दिर र कम्युनिटी सेन्टरको लागि भवन खरिद गर्ने तयारी गरेको छ । यो प्रवचन र मनकारी सहयोगी मनहरुले दियको सहयोगले भवन खरिद गर्ने सपना साकार हुन लागेको अध्यक्ष गुरुङले बताए ।

श्रद्धालुहरुबाट प्रतिबद्धता भएको सहयोग मध्ये अधिकतम पाउण्ड रकम संकलन भइसकेको छ । प्रतिबद्धता गरिएको अरु बाकी रकम उठाएर ३ लाख बुझाउने र चौथो हप्ता भीत्र हल बुझ्ने तयारी रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले शुक्रबार श्रीमदभागवत पुराण, वेद र बौद्ध दर्शनसम्बन्धी प्रवचन कार्यक्रमको उद्घाटन गर्नु भयको थियो।३ दिनको प्रवचन पश्चात समापन भयको सो भव्य कार्यक्रमलाई नेपाली घर किनी नेपाली इतिहास रचीन लागेकोमा डा सुवेदीले खुसी ब्यक्त गर्नु भयो ।नेपाली कला, संस्कृती र परम्पराको बिकासले नेपाल नेपालीको प्रचार हुने भयकोले नेपाल सरकारको प्रतिनीधीको हैसीयत र आफ्नो तर्फबाट सहयोगका सधै तयार रहने बिश्वास दिलाउनु भयको थियो ।

यस इलाकामा बसी भवन खरीद गर्ने काममा आफुले सहयोग गर्न तत्पर रहेको सबैभन्दा सहयोगी समाजसेवी र व्यवसायी रविजंग लामिछानेले १५ हजार पौण्ड सहयोग गरेर अग्रपंक्तीमा रहनु भयको छ ।त्यस्तै गरी ५० हजार पाउण्ड फान्वोरो साई सेन्टरकी अध्यक्ष सुस्मा गुरुड्गको नेतृत्वमा सदस्यसहरुवाट र भारतीय हिन्दुहरुबाट पनि सहयोग प्राप्त भयको छ। 

सन् २००७ मा स्थानीय नेपाली तथा भारतीय समुदायको पहलमा अल्डरसटमा एक शिव मन्दिर स्थापना गर्ने लक्ष्यसहित शिव कल्चर एण्ड कम्युनिटी सेन्टर स्थापना भएको हो । अहिले आयर सो कार्यले मुर्त रुप लीदै रहेको र स्थानीय देखी बेलायत भरी रहेका मनकारी दाताहरुबाट सहयोग प्राप्त भैरहेको छ। यो स्थायी नेपाली हल रहीरहने हुदा सहयोग गरीदिन हुन शीव कल्चर एण्ड कम्युनीटी सेन्टरले आव्हान गरेको छ।

साथै नेपालबाट बेलायत आउनु भै ३ दिन बेलायतमा श्रीमद भागवद, वेद र बुद्ध दर्शन सम्बन्धी  आध्यात्मिक प्रवचन र भ्रमण सम्पन्न गरी बाचन प्रविण पं दीनबन्धु पोखरेल स्वदेश नेपाल फर्कंदै दुवइ लाग्नु भयको समाचार प्राप्त भयको छ। "हाम्रै पौरखले घर किनौ, आफ्नै नाममा कल्चर र कम्युनिटीको काम गरौ "।

नारायण !



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?