Saturday February 04, 2023

चलचित्र ‘छक्का पञ्जा ३’ अब म्यानमारमा पनि प्रदर्शन हुने

२९ पुष, २०७५ शीतलपाटीन्युज डटकम 69285


चलचित्र  ‘छक्का पञ्जा ३’ अब म्यानमारमा पनि प्रदर्शन हुने

शीतलपाटीन्युज डटकम।

यो बर्षको हिट चलचित्र  ‘छक्का पञ्जा ३’ अब म्यानमारमा पनि प्रदर्शन हुने भएको छ । मार्चको पहिलो साताबाट क्यानडाका टोरन्टो, कैलगरी, एडमन्टन लगायतका शहरहरुमा चलचित्र लाग्ने पक्का भएको निर्माण टिमले जानकारी दिएको छ । म्यानमार प्रदर्शनको जिम्मा राजधानीको रेडियो अडियोले लिएको हो । 

क्यानडामा नेपाली चलचित्रको राम्रो बजार भएका कारण प्रदर्शन गर्न लागिएको रेडियो अडियोका निर्देशक अमित अधिकारीले बताए । उनले अन्य केहि शहरहरुमा पनि चलचित्र प्रदर्शनका लागी कुरा भइरहेको जानकारी दिए । 

चलचित्र छक्का पञ्जा ३ पछि भर्खरै छायांकन सम्पन्न भएको चलचित्र दाल भात तरकारी लगायतका अन्य केही नेपाली चलचित्र सँग पनि प्रदर्शनका लागी कुरा भइरहेको अधिकारीले बताएका छन् ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?