Wednesday December 01, 2021

かついた」勤務中に爆破予告

५ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम 1450



शीतलपाटीन्युज डटकम।

पोखरा । रोटरी क्लब अफ पोखरा मिडटाउनको सन् २०१८र१९ को अध्यक्षमा सन्तोष पोखरेल निर्वाचित भएका छन् ।

क्लबको प्रेसिडेन्ड इलेक्टमा विनोद हेइजु, निवर्तमान अध्यक्ष महेन्द्र गोदार, उपाध्यक्षमा दीलिप शर्मा, महासचिवमा सूर्यनारायण बराल, कोषाध्यक्षमा सोनी ढेवाजु, सचिवमा शान्ति श्रीस र डाइरेक्टरहरूमा श्रीमान् गुरुङ, पुरन कुँवर, मुना वास्तोला, संगीता तिमल्सिना, विष्णु गुरुङ छन् ।

त्यस्तै बैठक व्यवस्थापकमा कुसुम गुरुङ, सम्पादकमा कौशल्या गुरुङ, क्लबका प्रशिक्षकमा रामचन्द्र पौडेल र केशव आचार्य छन् भने नयाँ सदस्यको सहजीकरणका लागि माइकल कर्माचार्य र हेमराज बराल चयन भएका छन् ।

क्लबको नव निर्वाचित पदाधिकारीलाई पदस्थापन गराउँदै प्रमुख अतिथि एवम् डिष्ट्रिक गभर्नर इलेक्ट किरणलाल श्रेष्ठले एक आपसको समन्वय एवम् अनुभव आदानप्रदानले व्यक्ति व्यक्ति मात्र नभइ समाज र राष्ट्रमा योगदान पुग्ने बताए ।

विशेष अतिथि विकल शेरचनले सकारात्मक सोचबाट मात्रै समाज परिवर्तन सम्भव भएको बताए ।

उनले ध्यान, योग साधनाका माध्यमबाट सकारात्मक भावना जागृत गर्न सकिने उल्लेख गरे ।

क्लबका नव निर्वाचित अध्यक्ष सन्तोष पोखरेलले व्यक्ति, घर एवम् समाजको परिवर्तनका लागि सकारात्मक सोच र चिन्तन अपरिहार्य भएको बताए ।

सामाजिक सेवाका विभिन्न क्षेत्रमा नव निर्वाचित क्लबको कार्यसमिति कृयाशिल बन्ने उनले बताए ।

उनले पोखरा र वरिपरिका सम्पुर्ण रोटरि क्लब मिलि सयुक्त कार्य गर्नुपर्ने र यो वर्ष सोही अनुसार अगाडी बढ्ने धारणा राखे ।

समाजका विभिन्न विधामा सफल, सहयोगी एवम् उदाहरणीय व्यक्ति रोटरीयन बन्न सक्नेमा जोड दिदै उनले सामजिक सेवामा मात्र नभै राष्ट्रको नीति निर्माणमा पनि संलग्नता जनाउनुपर्ने बताए ।

क्लबका निबर्तमान अध्यक्ष इ महेन्द्र गोदारले आफ्नो कार्यकालमा भएका गतिबिधी प्रस्तुत गर्दै आगामी दिनमा अझ सर्भिस प्रोजेक्टमा लाग्नु पर्ने भनाइ राखे ।

कार्यक्रममा समाजमा आफ्नै पहलमा उदाहरणीय काम गर्ने सरोज अधिकारिलाई सम्मान गरिएको थियो ।

विदेशको जागिरलाई छोडेर नेपालमै फर्की गाई फर्म सञ्चालन गरी सफल व्यावसायिक बनेका उनी नेपाल सरकारबाट समेत सम्मानित भैसकका छन् ।

कार्यक्रमममा रोटरियनका एसइईदेखि स्नातक तहसम्मका  विभिन्न तह र विषय उत्तिर्ण छोराछोरीलाई सम्मान गरिएको थियो ।

संयुक्त राष्ट्र संघको स्थापनामा पहलका साथै पोलियो उन्मुलन अभियान जस्ता कार्यमा रोटरीले गरेको योगदानलाई महत्वका साथ हेर्ने गरिन्छ ।

सन्तोष पोखरेलको सभापतित्व एवम् उपेन्द्र पौडेलले सञ्चालन गरेको कार्यक्रममा क्लबका पुर्ब अध्यक्ष श्रीमान गुरुङ, कार्यक्रम संयोजक पुरन कुँवर लगायतले पनि बोलेका थिए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?