Saturday October 01, 2022

सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

६ माघ, २०७५ शीतलपाटीन्युज डटकम 41244


सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

शीतलपाटीन्युज डटकम।

नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ । 

महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ्घ हत्याको भत्र्सना गर्दछ र घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कडा कानूनी कारवाही गर्न सरकारसँग माग गर्दछ । साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।” सञ्चारकर्मी ढकाललाई हेटौडा–१ भैरवडाँडा जाने सडकमा मृत्यु भएको अवस्थामा पुस २५ गते साँझ फेला पारिएको थियो । रासस 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?