Monday July 04, 2022

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न " Send Home a Friend From UK "

७ माघ, २०७५ बाचस्पती रेग्मी 11220


नेपाल भ्रमण वर्ष २०२० सफल पार्न " Send Home a Friend From UK "

शीतलपाटीन्युज डटकम।

लन्डन । नेपाल भ्रमण वर्ष २०२० सफल पार्न बेलायतबाट ठोस र सार्थक योगदान पुरयाउने उद्देश्यले एक उच्चस्तरिय मुल समिति गठन भएको छ । लन्डनस्थित नेपाली दूतावासमा शनिबार सांझ आयोजित एक समाराहमा राजदूत डा. दुर्गाबहादुर सुवेदीको अध्यक्षतामा ‘नेपाल भ्रमण वर्ष २०२० उच्चस्तरिय मुल समिति यूके’ गठन गरियको हो । उच्चस्तरिय मुल समितिको सदस्य सचिवमा दूतावासका उपनियोग प्रमुख शरदराज आरण चयन हुनु भयको छ ।

सो उच्चस्तरिय मुल समितिमा एनआरएनए यूके, ब्रिटेन नेपाल सोसाइटी, यूके नेपाल फ्रेण्डसीप सोसाइटी, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स, ब्रिटेन नेपाल एनजीओ नेटवक्स, ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल, ब्रिटेन नेपाल मेडिकल ट्रष्ट, नेपाल पत्रकार महासंघ बेलायत, यूकेमा रहेका क्रियाशिल सम्पूर्ण राजनैतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, भौगोलिक, क्षेत्रीय, जातीय र पेशागत संघसंस्था र समाजका अध्यक्षहरु पदेन सदस्य रहने गरी गठन गरीयको छ। सो अवसरमा विशेष अतिथीका रूपमा उपस्थीत नेपाल पर्यटन बोर्डका सिनियर डाइरेक्टर आदित्य बरालले उच्चस्तरिय समिति घोषणा गरेको हो ।

उच्चस्तरिय मुल समिति अन्तर्गत भ्रमण वर्ष व्यापक र सफल बनाउन विभिन्न समिति मध्य प्रचार प्रसार समिति, ट्राभल एण्ड टुर्स समन्वय समिति, साहसिक पर्यटन प्रवर्धन समिति, नेपाली कुइजिन समिति, आदिवासी जनजाती सांस्कृतिक पर्यटन प्रवर्धन समिति, खेलकुद समिति, कला, नाट्य तथा चलचित्र समन्वय समिति, म्यूजिक एण्ड इन्टरटेन्मेन्ट कमिटी, महिला समन्वय समिति, युथ मोबिलाइजेसन कमिटी, विद्यार्थी समन्वय समिति, पेशागत समन्वय समिति, उद्योग तथा व्यापार समन्वय समिति, साहित्य समन्वय समिति, धर्म र संस्कृति समन्वय समिति, नेपाली भेषभूषा समन्वय समिति, सामाजिक सञ्जाल समन्वय समिति, वेल्स समन्वय समिति, स्कटल्याण्ड समन्वय समिति, उत्तरी आयरल्याण्ड समन्वय समिति पनि गठन गरिने बताइएको छ । उल्लेखित समितिको संयोजक, सह-संयोजक, सदस्य-सचिव भइ काम गर्न इच्छुकलाई दूतावासले र उपनियोग प्रमुख आरणले इमेल मार्फत जानकारी गराउन आव्हान गर्नुभयको समाचार छ ।

बेलायतबाट सन् २०१९ मा ८० हजार पर्यटक नेपाल भित्रयाउने लक्ष्य छ भने भीजीट बर्ष २०२० मा १ लाख  आसा गरीयको छ। यस उच्चस्तरिय समितिले ‘सेन्ड होम अ फ्रेण्ड फ्रम यूके’ नारा राखेर सन् २०२० सम्म वर्षको एक लाख पर्यटक बेलायतबाट नेपाल भित्रयाउने लक्ष्य राखीयको छ। राजदूत डा सुबेदीले यो समिति स्वयंसेवी भएको र नेपाल सरकारले यसका लागि कुनै बजेट व्यवस्था नगरेको पनि स्पष्ट पारे । ‘यसलाई निस्वार्थ र मातृभूमिप्रति विदेशका नेपालीको कर्तव्यका रुपमा लिइएको छ, यसका लागि संस्थागत र व्यक्तिगत योगदानको महत्व रहने छ’- राजदूतले भन्नुभयो। उहाले उच्चस्तरिय समितिको नारा बमोजिम बेलायत बस्ने प्रत्येक नेपालीले आफ्नो एक जना ब्रिटिश साथीलाई नेपाल पठाउन सके करिब डेढ लाख जना नेपाल भित्रिने आंकडा पनि प्रस्तुत गरे ।

उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथी ब्रिटेनको लेबर पार्टीका सांसद तथा अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपालका अध्यक्ष वीरेन्द्र शर्मा रहेको र कोसेली सांस्कृतिक परिवार यूकेका संस्थापक मदन थापाले सारंगी धुन बजाएर मन्त्रमुग्ध पारेका थिए। कार्यक्रममा वेल्स, स्कटल्याण्ड, नर्दन आयरल्याण्ड, अल्डरसट, फार्नबोरो, लन्डन लगायत शहरबाट सयौं नेपालीहरूको उपस्थिती रहेको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?