Thursday June 01, 2023

वरिष्ठ कलाकार गणेश मुनालको निधन

७ माघ, २०७५ शीतलपाटीन्युज डटकम 42362


वरिष्ठ कलाकार गणेश मुनालको निधन

शीतलपाटीन्युज डटकम।

नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार गणेश न्यौपाने (मुनाल)को निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका मुनालको सोमवार बिहान वीर अस्पतालमा निधन भएको हो । उनले दर्जनौं नेपाली चलचित्रमा अभिनय गरेका थिए । 

मुनालको केही बेरमा नै अन्तिम संस्कार गरिने कलाकार निर्मल शर्माले जानकारी दिएका छन् । अहिले उनको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तिम श्रदाञ्जलीका लागि राखिएको छ । चलचित्रकर्मी र शुभचिन्तकले उनको शोक व्यक्त गरेका छन् । उनलाई श्रदाञ्जली दिन पशुपति आर्यघाटमा दर्जनौं चलचित्रकर्मीहरु पुगेका छन् । उनका एक छोरा छन् । 

उनले चलचित्र 'सेतो बाघ', 'लभ लभ लभ', 'एक पल', 'शिरीषको फूल', 'दिदी भाई', 'मिस्टर डन'लगायतका चलचित्रमा काम गरेका थिए भने थुप्रै टेलिसिरियलमा पनि अभिनय गरेका थिए । उनी अभिनीत नयाँ चलचित्र 'गोपी'  यही माघ १८ गते प्रदर्शनको तयारीमा रहेको छ । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?