Sunday December 15, 2019

साहित्यकार मोहनराजको शर्माको ७८ वर्षको उमेरमा निधन

१० माघ, २०७५ शीतलपाटीन्युज डटकम 1186


साहित्यकार मोहनराजको शर्माको ७८ वर्षको उमेरमा निधन

शीतलपाटीन्युज डटकम।

बिहीबार भाषासेवी मोहनराजको शर्माको ७८ वर्षको उमेरमा मृत्यु भएको छ । दमबाट थलिएका उनको उपचारका क्रममा काठमाडौंको कलंकीस्थित नेसनल अस्पतालमा निधन भएको हो । उनी दमबाट मात्र नभएर प्रेसर र सुगरबाट पनि ग्रसित थिए ।७८ वर्षीय शर्माका दुई छोरा, एक छोरी र श्रीमती रहेका छन् ।  

शर्माले नेपाली साहित्य क्षेत्रमा प्रयोगवादी धारामा कलम चलाएका थिए । उनको पहिलो रचना २०१६ सालमा ‘बिलू निबन्ध’प्रकाशित भएको थियो । त्यसैगरी उनको नेपाली भाषाको व्याकरण ‘शब्दरचना र वर्णविन्यास’ प्रकाशित सँगै ‘शैलीविज्ञान’, ‘समकालीन समालोचना सिद्धान्त र प्रयोग’ (समालोचना) प्रकाशित छन् । 

उनले  ‘वैकुष्ठ एक्सप्रेस’का लागि २०४२ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए । उनका कोर्रा, महाशुन्य,  च्याँखा धर्मा, बैखरी कथासङ्ग्रह प्रकाशित छन् भने ‘जेमन्त’, ‘यमा’, ‘बैकुण्ठ एक्स्प्रेस’उपन्यास प्रकाशित छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?