Tuesday March 02, 2021

नेपाल आइसिसीको एकदिवसीय बरियतामा

१५ माघ, २०७५ शीतलपाटीन्युज डटकम 4139


नेपाल आइसिसीको एकदिवसीय बरियतामा

शीतलपाटीन्युज डटकम।

नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एकदिवसीय क्रिकेटको बरियतामा समावेश भएको छ । दोस्रो एक दिवसीय सिरिज जितेसँगै आइसिसीले नेपाललाई बरियतामा समावेश गरेको हो । युएइमा जारी सिरिज घरेलु टोली संयुक्त अरब इमिरेट्स ९युएइ० विरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा २–१ को जित निकालेपछि नेपाल आइसिसीको बरियतामा परेको हो ।

सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएइलाई चार विकेटले हराउँदै नेपालले नेपालले पहिलो पटक एकदिवसीय क्रिकेट सिरिज जितेको हो । युएइविरुद्धको सिरिज जितेपछि नेपालले बरियताको १५औँ स्थान हासिल गरेको छ । आइसिसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि ६ खेल खेलेको नेपालले १५२ अङ्क पाएको आइसिसीले जनाएको छ । युएई भने २६३ अङ्कका साथ १४औँ स्थानमा छ । रासस

बरियताको शीर्ष स्थानमा इङ्ग्ल्याण्ड, दोस्रोमा भारत र तेस्रोमा स्थानमा न्यूजील्याण्ड छन् । त्यस्तै दक्षिण अफ्रिका चौथो, पाकिस्तान पाँचौँ, अष्ट्रेलिया छैटौँ, बङ्गलादेश सातौँ, श्रीलङ्क आठौँ, वेष्टइन्डिज नवौँ, अफगानिस्तान १०औँ, जिम्बावे ११औँ, आयरल्याण्ड १२औँ र स्कटल्याण्ड १३औँ स्थानमा छन् । नेपालले डेब्यू एकदिवसीय सिरिज भने नेदरल्याण्डसँग १–१ को बराबरी खेलेको थियो । नेपालले गत मार्चबाट चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।




मतहरू

Label Printing

Label Printing

Envelope Printing Price

Envelope Printing Price

Bulk Fruit And Vegetable Powder

Bulk Fruit And Vegetable Powder

Voltage Surge Suppressor

Voltage Surge Suppressor

Burning Laser Diode

Burning Laser Diode

Fibreglass Cloth Roll

Fibreglass Cloth Roll

Fashion Face Masks

Fashion Face Masks


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?