१५ माघ, २०७५
शीतलपाटीन्युज डटकम।
लण्डन । गैरआवासीय नेपाली नागरिकता संसोधन सम्वन्धी प्रस्ताव संसदको संसदीय समितिले सर्वसम्मतले पारित गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन २०६३ मा एनआरएन नागरिकता माथिको संशोधन प्रस्तावलाई पारित गरेपछि विभिन्न तह तप्काबाट विभिन्न खालका टिप्पणी शूरु भयको छ । यो प्रस्ताव पारित भएसँगै एनआरएनएले भने स्वागत गरेका छन् । त्यस्तै गैरआवासीय नेपाली संघ यूके महासचिव आरके त्रिपाठीले पनि आफनो धारणा सार्वजनीक गरेका छन् ।
यस्तो छ आरके त्रिपाठीको धारणा :
अन्तत लामो अभियान भनौं वा संघर्ष भनौं जे नाम दिए पनि गैर आवासीय नेपाली नागरीकता नेपालको संसद्को राज्य व्यवस्था समितीबाट सर्वसम्मत पारित भएको छ । आजै देखी गैर आवासीय नेपालीमा नयाँ खुशी जोस जाँगर उत्साह र नेपाली उमङ्ग भरिएको छ । गैर आवासीय नेपाली नागरिकताको प्राप्तीको लागी लामो समय देखी पर्खाइमा थियो। यो सजिलो सँग प्राप्त भएको होईन। लामो लविङ्ग मार्फत ज्ञापनपत्र राजनैतिक लबी कन्फरेन्स विचार विमर्श मार्फत नेपालको संविधानमा लेख्न सफल भइएको हो। प्राप्ती गैर आवासीय नेपाली संघको इतिहासमा ठूलो उपलब्धी हो।
यो प्राप्ती गर्न ठूलो पहाड फोर्नु पर्यो। ठूलो मेहनत गर्न पर्यो त्यो गैर आवासीय नेपाली नागरीकता प्राप्तीको लागी र गैर आवासीय नेपाली नागरीकता प्राप्त गर्न अथक प्रयास गर्नु हुने अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष भवन भट्ट उपाध्यक्ष द्धय कुल आचार्य र कुमार पन्त ज्यू एवं पदाधिकारीहरु पूर्व अध्यक्षहरु उपेन्द्र महतो, देब मान हिराचन, जिवा लामिछाने, शेष घले ज्यू गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष आदरणीय योग कुमार फगामी ज्यू लगायत कार्य समितीका साथीहरू प्रमुख संरक्षक डमर घले ज्यू, संरक्षक परिषद्का सदस्यहरु महन्त श्रेष्ठ, अशोक श्रेष्ठ, सूर्य गुरुङ्ग, कुल आचार्य, योगेन क्षेत्री, महेन्द्र कडेल, मुक्षेत्र गुरुङ्ग, पूर्व कार्यसमितीका पदाधिकारी एवं सदस्यहरु सल्लाहकार ज्यूहरु, संघसंस्थाका प्रतिनिधीहरु राजनैतिक पार्टीका नेतृत्व गर्ने अग्रजहरूहरुलाई ऐकेबद्धताको लागी नमन गर्न चाहन्छु ।
विशेष गरी एनआरएन आइसिसीबाट अथक प्रयास गरी तिब्र लबि गर्नु हुने उपाध्यक्ष कुल आचार्य ज्यू र नागरीकता विभाग संयोजक राम प्रताप थापा ज्यू हरु प्रति विशेष नमन, र गैर आवासीय नेपाली संघ बेलायतको अध्यक्ष योग कुमार फगामीको विशेष नेतृत्व एवं प्रमुख संरक्षक डमर घले ज्यू को संयोजकत्वमा बेलायत बाट यो नागरिकता प्राप्तीको लागी विगत केहि महिना अगाडी नेपाल गई तिब्र राजनैतिक लबी गरी माहौल सकारात्मक बनाउनु भएकोमा हार्दिक नमन र नेपाल सरकारका प्रधान मत्री मन्त्रीहरू संघिय संसद्का माननीय सदस्यहरु नेपाल सरकारका अधिकारीहरु राज नैतिक पार्टी एवं अध्यक्ष सभापति ज्यू हरु एवं शिर्ष नेतृत्वहरू माननीय मन्त्री ज्यू हरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । विषयगत समिती बाट सर्व सम्मतीले पारित विधेयक अब संघिय सभाको फुल हाउसमा केहि दिन निर्णयार्थ प्रस्तुत भई पारीत भए पस्चात नेपालको राष्ट्रपति बाट प्रमाणीकरण भए पश्चात ऐनमा परिणत हुने छ ।सोहि दिन संसारभर रहेका गैर आवारीप नेपाली हरु बाट दिपावली हुने अवस्था छ।केही अधिकार छुटेको छ। प्राप्त हुन गई रहेको व्यवस्था लाई ग्रहण गरी सुरक्षित गर्दै बाँकी अस्पष्ट भएका एजेन्डाहरू फेरि माग गर्नु पर्दछ।आज विषयगत समिती बाट सर्बसम्मत भएको व्यवस्थाले करिब पन्चनब्बे प्रतिसत मागहरू संबोधन गर्ने छ।
यो नागरीकता प्राप्त भए प्रस्चात हाल भएको गैर आवासीय नेपाली कार्ड निकट भविष्यमा विस्थापीत भई गैर आवासीय नेपाली नागरीकताले स्थान पाउनेछ।गैरआवासीय नेपाली नागीकता लिए पश्चात भविष्यमा गैर आवासीय नेपाली राहदानीको समेत व्यवस्था हुने छ र यो राहदानी लिन कुनै संविधान संसोधन गर्नु पर्दैन।यो गैर आवासीय राहदानी नैसर्गीक रुपमा पाउने अधिकार हो।हाल व्यवस्था गरिएको निलो पूर्जा को व्यवस्था पनि स्वत विस्थापित हुने छ।जहाँ सम्म राजनैतिक अधिकार को व्यवस्थाको कुरा छ यो पनि भविष्यमा मिल्ने भए माग गरौंला।यस अघि नै नेपालको सर्वोच्च अदालतले गैर आवासीय नेपाली लाई मतदान गर्न पाउने व्यवस्था गर्न आदेश जारी गरिसकेको छ। विस्तारै भविष्यमा राजनैतिक अधिकारका बाटाहरू पनि खुल्दै जानेछन ।