२८ जेष्ठ, २०७५
लण्डन । ब्रिटीश संसदका सम्माननीय सांसदहरु तथा ब्रिटीस ग्रुप अन इन्टरपार्लीयामेन्टरी युनीयन (BGIPU) का सदस्य श्री नाइजेल इभानको नेतृत्वमा अन्य सम्माननीय साँसद सदस्यहरु श्री डेबिड मोरीस , श्रीमती केरी मेकारार्थी , श्री विरेन्द्र शर्मा, श्री लर्ड अफ डुलनइच , श्री लर्ड दोलाकिया र BGIPU की इन्टरनेसनल प्रोजेक्ट मेनेजर मीस इमीली डेभीस सम्मिलित एक उच्चस्तरीय प्रतिनिधिमण्डलले यही ६ देखि १२ मे , २०१८ सम्म नेपालको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।
नेपाल भ्रमणको बखत उक्त प्रतिनिधिमण्डलले सम्माननीयराष्ट्रपतिज्यू, सम्माननीयप्रधानमन्त्रीज्यू,सम्माननीयसभामुखज्यू, सम्माननीयराष्ट्रियसभाका अध्यक्षज्यू, सम्माननीय का.मु. प्रधानन्यायाधीशज्यू,माननीय परराष्ट्रमन्त्रीज्यू, माननीय उर्जा मन्त्रीज्यू, माननीय महिला, बालबालिका र समाज कल्याण मन्त्रीज्यूलगायतसंग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
महामहिम राजदूत डा.दुर्गा बहादुर सुवेदीले आज २ मे २०१८ , ब्रिटिश संसदका सम्माननीय सदस्य श्री नाइजेल इभान तथा प्रतिनिधिमण्डलका साँसदहरु Kerry McCarthy, Lord Dholakia र BGIPU की International Project Manager Ms. मीस इमीली डेभीससंग उहाँको कार्यकक्षमा शिष्टाचार भेट गरी सम्माननीय सांसदहरुको नेपाल भ्रमणको तयारीबारे जानकारी गराउनु भयो । उक्त भेटमा महामहिम राजदूतले ब्रिटिश सांसदहरुको नेपाल भ्रमणले द्धिपक्षीय सहयोग र सम्बन्धलाई अझ थप मजबुत बनाउन उल्लेखनीय भूमिका रहने कुराव्यक्त गर्नुभयो । नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भई संविधानको कार्यान्वयन भएको र निर्वाचित सरकारले आर्थिकविकासलाई मूल लक्ष्य निर्धारण गरेको वर्तमान परिप्रेक्ष्यमा बेलायती सांसदहरुको यो भ्रमण सार्थक र उत्प्रेरक हुने विश्वास व्यक्त गर्नुहुदै राजदूत डा.सुवेदीले दुईमुलुकका सांसदहरु बीचको सम्बन्धले लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणमा समेत मद्दत पुग्नेविश्वास व्यक्त गर्नुभयो ।
प्रतिनिधिमण्डलका नेता सम्माननीय श्रीइभानले तीन तहको निर्वाचन शान्तिपूर्वक र सफलतापूर्वक सम्पन्न भई नयाँ सरकारको निर्माण भएको बेलामा नेपालको भ्रमण गर्न पाउनु सुखद संयोग रहेको बताउनुभयो । आफ्नो भ्रमण पश्चात नेपालको आर्थिक र सामाजिक विकासमा थप सहयोगको निम्ति ब्रिटिश सरकारलाई सिफारिश गर्ने बताउनु हुदै सम्माननीय श्री इभानले दुई सय वर्ष भन्दा पुरानो घनिष्ट सम्बन्ध रहेको नेपालसंग ब्रिटिश सरकार र जनताको सधैं सद्भाव र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।