Thursday June 01, 2023

बेलायती सेनामा देवेन्द्र आले लेफ्टीनैन्ट कर्णेलमा बढुवा

१९ माघ, २०७५ शीतलपाटीन्युज डटकम। 39636


बेलायती सेनामा देवेन्द्र आले लेफ्टीनैन्ट कर्णेलमा बढुवा

  शीतलपाटीन्युज डटकम।

लण्डन। बेलायती सैन्यमा कार्यरत एक गोरखा सैनिक बेलायती सेनाको उच्च अधिकृतमा बढुवा भएको समाचार छ। हाल एघार इन्फेन्ट्री बटालियनमा कार्यरत स्याङजाका मेजर देवेन्द्र आलेले बेलायती सेनाको सातौँ वरियतामा रहेको लेफ्टीनेण्ट कर्णेल पदमा बढुवा हुने महत्वपुर्ण अवसर पाएका हुन्। ५१ बर्षीय आले बिगत ३० बषै देखि बेलायती सेनामा कार्यरत छन्  ।

गोरखा भर्तीको २०० बर्षको इतिहासमा सो पदमा पुग्ने अवसर पाँचमात्र गोरखाले पाएका छन्। यसअघि लालबहादुर पुन, बिजय रावत ,यमबहादुर राना र टोल खाम्चा सो पदमा पुगेका थिए। जसमध्ये खाम्चा मात्र सेवारत छन् भने अरु सबै सेवानिवृत भईसकेका छ। पुरख्यौली घर स्याङजा बहाकोट भन्ज्याङ भयका आलेका पिता क्याप्टेन मोती प्रसाद पनि ब्रिटिस सैन्यमा थिए । सिंगापुरमा जन्मेका आलेको पढाइ बढाई हङकङ र नेपालमा भयको हो ।  हङकङको  गोरखामा स्कुलबाट एसएलसी पास गरेका आलेले अमृत साइन्स कलेज काठमाडौमा बायोलोजीमा आइएससी र देहरादुन गएर पुन बायोलाजीमा प्लसटु गरेका छन। फर्केर त्रीचन्द्र कलेजमा पढ्रदापढ्दै उनी बेलायती सेनामा भर्ती भएका थिए।

पहिलो प्रयासमै ब्रिटिस सेनाको क्लर्कमा भर्ती हुन सफल आले अलि उमेर ढल्केर भर्ती भएका थिए। मेजर पदमा सेवारत आलेका सामकक्षीहरु करिब २०० जना प्रतिष्पर्धी थिए।त्यसमध्य धेरैजना लेफिटनेण्ट कर्णेलपदका लागि प्रतिस्पर्धा गर्न योग्य रहेका थिए । तर उनले पाएको पदकै लागि  दौडमा गोरा अफिसरहरू प्रतिष्पर्दामा थिए तर गोरखा सैनिकहरु भने कोही पनि थिएनन्। आले करिब तीन बर्ष लेफिटनेण्ट कर्णेल पदमा काम गरेपछि उनी रिटायर्ड हुनेछन्। हामी लेट इन्ट्री भएका अफिसहरु उमेरका कारण पनि यो भन्दा माथिल्लो पदमा जाने सम्भावना छैन उनले बतायका छन । तर भविष्यमा भने सोझै कमिसनमा अधिकृत भएका गोरखा अफिसरहरु लेफिटनेण्ट कार्णेल भन्दा माथिल्लो ओहोदामा पुग्ने उहाको बिश्लेषण छ । अहिले बर्षमा एक जना गोरखा लेफिटनेण्ट कर्णेल पदमा पुग्ने गरेकोमा आगामी बर्षहरुमा एक भन्दा बढिले यस्तो अवसर पाउने आशा पनि उनी ब्यक्त गर्दछन। श्रीमती दुर्गा आले र दुई छोराका साथ आले अल्डरसटमा बस्ने गरेका छन् । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?