Sunday August 14, 2022

पुण्यतिथीमा महात्मा गान्धीको पोष्टरलाई गोली हान्ने महिला पक्राउ

२३ माघ, २०७५ शीतलपाटीन्युज डटकम 44775


पुण्यतिथीमा महात्मा गान्धीको पोष्टरलाई गोली हान्ने महिला पक्राउ

शीतलपाटीन्युज डटकम।

प्रहरीले महात्मा गान्धीको पोष्टरलाई गोली हानेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । गत जनवरी ३० तारिखमा महात्मा गान्धीको पुण्यतिथीमा महात्मा गान्धीको पोष्टरमा एक महिलाले एयर पिस्तोलले फायरिङ गरेको भिडियो सोसल मिडियामा निकै चर्चित भएको थियो । भिडियोको आधारमा प्रहरीले १३ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । यसअघि तीन आरापीलाई पक्राउ गरिसकिएको छ । अन्य आरोपीको खोजी भइरहेको अलिगढका वरिष्ठ प्रहरीले अधिक्षक आकाश कुलहरीले जानकारी दिएका छन् ।

अखिल भारत हिन्दु महासभाकी राष्ट्रिय सचिव पूजा शकुन पाण्डेय र उनका श्रीमान् अशोक पाण्डेयलाई पक्राउ गरिएको हो । प्रहरीले जनाए अनुसार उनलाई दिल्लीबाट नोएडा प्रवेश गर्नेबेला पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई बुधबार अलिगढ ल्याइने छ ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?