Wednesday November 25, 2020

かついた」勤務中に爆破予告

९ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम। 1306



शीतलपाटीन्युज डटकम।

रीडीड्ग , लण्डन। पोखरेली मंच युकेको आयोजनामा  रीडीड्ग युकेमा भएको यस बर्षको नेपाल कप टी-२० क्रिकेट बेलायत बसोबास गर्ने नेपालीहरुको छ वटा टीम हिमालयन क्रिकेट क्लव, एकिकृत युवा क्रिकेट क्लव, नवयुवा टीम, रमाईलो क्रिकेट क्लव, इनभीक्टा क्रिकेट क्लव र सीग्नल सुपर किग्सले भाग लिइ भब्य रुपमा सम्पन्न भयको छ । 

पोखरेली मंचका अध्यक्ष मान प्रसाद गुरुड्गको अध्यक्षतामा संचालन भयको सो क्रिकेट खेल  एनआरएन युकेका अध्यक्ष योग कुमार फगामीले बलिड्ग गर्दै उद्घाटन गर्नु भयको थियो।१५ जुलाई २०१८ मा खेल शुरु भै आइतबार २२ जुलाईका दिन सम्पन्न  भयको "नेपाल कप टी-२०" क्रिकेट भब्य रुपमा सम्पन्न भयको थियो । खेल सफलताको खुशीको खबर संगै नेपाल र नेपालीको लागि अर्को खुशी राष्ट्रिय क्रिकेट बिकास, इङ्गलैन्ड एन्ड वेल्सका प्रबन्धक मोहम्मद अरिफद्वारा  नेपाली समुदायमा क्रिकेट बिकासका लागि आफूले सहयोग गर्न पछि नपर्ने र आउने दिनहरूमा स्वयंले नै महत्त्वपूर्ण भुमिका निभाउने प्रतिबद्धता जाहेर गर्नु भएको र नेपाल कप टी-२० खेलमा आफै उपस्थीत हुनु, नेपाली दुतावासबाट  द्वितीय सचीव लव प्रसाद सुवेदीको उपस्थीत हुनु , नेपाली क्रिकेटका राष्ट्रिय कप्तान पारष खड्का लगायत नेपाली क्रिकेट खेलाडीहरु टी-२० मा स्वागत गर्न पाउनु र हाल चर्चीत नेपाली क्रिकेट  खेलाडी संजीव लामीछाने पनि पोखरेली मंचले बेलायतमा आयोजना गरेको नेपाल कप टी-२० मा आउनु सुबर्ण मौका भयको जानकारी गराउन पाउदा खुसी छौ ।

खेलमा प्रथम हुने टीम सीग्नल सुपर किग्सलाई नेपाल कप टी-२० कप पोखरेली मंचका संस्थापक अध्यक्ष एवम प्रमुख संरक्षक सीबी पुन परिवारहरुले बधाइ दिदै टीमका खेलाडीहरुलाई हस्तान्तरण गर्नु भयो थियो । पोखरेली मंचका संस्थापक अध्यक्ष सीबी पुनले सो रनर कप आफ्नी आमा स्व भद्रशीला पुनको शंझनामा खडा गर्नु भयको हो ।

प्रथम हुने सीग्नल सुपर किग्स टीमलाई ८०० पाउण्ड नगद पुरुष्कार, मेडल,  सर्टिफिकेट प्रदान गरीयको थियो भने त्यस नगद पुरुष्कारको स्पोनसर रामबजार सोसाईटी युकेले गरेको थियो र पुरुष्कार  अध्यक्ष जुमकाजी गुरुड्गले प्रदान  गर्नु भएको थियो । दोश्रो पुरुष्कार हिमालयन क्रिकेट क्लवलाई ५०० पाउण्ड नगद, मेडल र सर्टीफिकेटले पुरुष्कृत गरीयको थियो भने सो पुरुष्कारको स्पोन्सर र हस्तान्तरण पीपल मोरगेजका डाइरेक्टर सुर्य गुरुड्गले नै गर्नु भयको थियो । तेश्रो हुने नवयुवा टीमलाई ३०० पाउण्ड नगदले सम्मान गरीयको पुरुष्कार बि एन सी बेजीड्गस्टोकका प्रोपराईटर बल थापाले स्पोन्सर गर्नु भयको र खेलाडीलाई प्रदान गर्नु भयको थियो ।स्टार अफ द टुर्नामैन्ट खेलाडीमा छनौट भएका हिमालयन क्लवका दिपक गुरुड्गलाई बेलीफ रेष्टुरेन्टका संचालक बिष्णु खरेलले स्पोनसर गर्नु भयको नगद १०० पाउण्ड पोखरेली मंचका उपाध्यक्ष बाचस्पति रेग्मीले प्रदान गर्नु भयको थियो ।बेष्ट बलर रमेस गुरुड्ग (६ बिकेट) र बेष्ट ब्याट्स मेन सविन रानालाई (१०३ रन) लाई ट्रफी, सर्टीफिकेट र ५०/५० नगद पुरुष्कार डि एण्ड जे हिटीड्ग एण्ड प्लविड्गका धनु थकाली र जगन गुरुड्गले प्रदान गर्नु भयको थियो ।राफल ड्र समेत भयको सो कार्यक्रम हंगकंगबाट होलीडे लण्डन आउनु भयका भीम पुनले राख्नु भयको एक तोला सुनको प्रथम पुरुष्कार श्रीमती किरण गुरुड्लाई परेको थियो ।

बिबिक्वु, बच्चाहरुको खेल,सांगीतीक कार्यक्रम, गजल र शीतल पुनको गीत,डान्सको रमाईलो गरीयको सो कार्यक्रममा तमुधी युकेका अध्यक्ष ज्ञाम गुरुड्ग, संस्थापक अध्यक्ष मीन गुरुड्ग सीकलिसे, पुर्व अध्यक्ष  रामचन्द्र गरुड्ग (सुर्य ), सहारा युके अध्यक्ष मीन गुरुड्ग, रीडीड्ग नेपाली समाजका अध्यक्ष कृष्ण न्यौपाने, तमु समाज युकेका संस्थापक अध्यक्ष चीत्र बहादुर गुरुड्ग, नेपाली मुक्तक प्रतिष्ठान नेपालका अध्यक्ष रामकाजी कोने गुरुड्ग, नेपाल मुक्तक प्रतिष्ठान युकेका डा रुपक श्रेष्ठ, संस्थापक उपाध्क्ष नन्द कुमारी गुरुड्ग, तमुधी उपाध्यक्ष हितकाजी गुरुड्ग,डीलरास गुरुड्ग , कमल गुरुड्ग, हरीमाया गुरुड, ललीत गुरुड्ग, टीम मेनेजर  जगत टमाटा , टीम क्याप्टेन प्रकास खड्काको उपस्थीती थियो । महासचीव मोहन थापाले संचालन गरेको सो कार्यक्रममा सम्पुर्ण ब्यवस्थापन उपाध्यक्ष करम गुरुड्ग र पवित्र गुरुड्गले गर्नु भयको थियो भने अतिथी सेवा उपाध्यक्ष अम्विका खड्का र स्वागत मन्तब्य उपाध्यक्ष बाचस्पति रेग्मीले गर्नु भयको थियो । 

साथै अहिले बिश्वमा अत्यन्त प्रचलीत क्रिकेट खेलमा नेपाल कप टी-२० लाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउने सबै दाताहरुलाई पोखरेली मंचका अध्यक्ष मान प्रसाद गुरुड्गले धन्यबाद दिनु भयको छ भने भविष्यमा पनि सहयोगको आसा रहेको जानकारी गराउनु भयकोछ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?