Thursday June 01, 2023

किरण चेमजोङले सहाराको वर्ष खेलाडी सम्मान पाउने

९ फाल्गुन, २०७५ शीतलपाटीन्युज डटकम। 38971


किरण चेमजोङले सहाराको वर्ष खेलाडी सम्मान पाउने

शीतलपाटीन्युज डटकम।

पोखरा, नेपाल। नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङलाई सहारा क्लब पोखराले वर्षको उत्कृष्ट खेलाडी २०७४ बाट सम्मान गर्ने भएको छ । आजबाट शुरू हुने आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १७ औं संस्करणको उद्घाटनका दौरान किरणलाई सम्मान गर्न लागिएको हो ।

सहारा क्लव पोखराले यो वर्षदेखि राष्ट्रिय टोलीमा रहेका एक खेलाडीलाई सम्मान गर्ने परम्पराको थालनी गर्न लागेको हो। गत वर्ष राष्ट्रिय टोलीका फरवार्ड भरत खवासलाई सम्मान गरिएको थियो । खेलाडीहरूलाई प्रोत्साहन गर्न त्यसअघि पनि क्लबले पुराना खेलाडीलाई सम्मान गर्दै आएको थियो । राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलकिपर किरणले यो सिजन माल्दिभ्सको टिसी स्पोर्टसबाट व्यवासायिक फुटबल खेलेका थिए ।

उनको उच्च प्रदर्शनबाट प्रेरित टोली माल्दिभ्सको लिग च्याम्पियन बनेको थियो । किरण लिगको उत्कृष्ट गोलकिपर समेत चुनिएका थिए । किरण सम्मान ग्रहण गर्नका लागि पोखरा पुगीसकेको समाचार छ। सहारा क्लब पोखराको आयोजनामा सुरु हुने १७ औ आहा गोल्ड कपमा १० टोलीको सहभागिता रहेको छ । उद्घाटन खेल आयोजक सहारा क्लव पोखरा टोली र शसस्त्र प्रहरी एपिएफ क्लबबीच हुँदैछ ।

प्रतियोगिताको विजेता टोलीले ८ लाख १ हजार र दोस्रो हुने टोलीले ४ लाख १ हजार रुपैयाँ पाउनेछन् । ( हाम्रो खेलकुद ) 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?