Sunday August 14, 2022

बेलायती उद्योगीलाई नेपालमा लगानाी गर्न अर्थमन्त्री खतिवडाले गरे आब्हान

१२ फाल्गुन, २०७५ शीतलपाटीन्युज डटकम। 4354


बेलायती उद्योगीलाई नेपालमा लगानाी गर्न अर्थमन्त्री खतिवडाले गरे आब्हान

शीतलपाटीन्युज डटकम।

लण्डन । नेपालका अर्थमन्त्री डा युवराज खतिवडाले ब्रिटिश लगानीकर्ताहरुलाई नेपालमा आएर लगानी गर्न आह्वान गरेका छन्। लण्डनस्थित नेपाली दूतावासमा शुक्रवार “नेपालमा लगानीका संभावना” विषयक ५ औ कार्यक्रमलाई संबोधन गर्दै मन्त्री खतिवडाले आह्वान गर्नु भयको हो।

आउँदो मार्च २९ र ३० तारिखमा नेपाल सरकारले काठमाडौंमा लगानी सम्मेलन आयोजना गर्दै रहेको जनाउँदै अर्थमन्त्री खतिवडाले ब्रिटिश लगानीकर्ताहरुलाई नेपाल आउन निमन्त्रणा समेत गरे।  कार्यक्रममा उनले हाल नेपालमा स्थिर सरकार रहेको र लगानीका लागि सुरक्षित वातावरण भयकोले लगानीका लागी आग्रह गर्दै सरकारले नयाँ कानुनहरु ल्याउनुका साथै कार्यान्वयन प्रकृयालाई चुस्तदूरुस्त हुने जानकारी दिए।

 

अर्थमन्त्री डा खतिवडाका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरे अनुसार नेपालको आर्थीक बृध्दीदर सात प्रतिशत हुने बताउँदै लगानी मैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको पनि सो अवसरमा स्पष्ट पारे। समय र परिस्थितिले मागे अनुसार सरकारले एकद्वार प्रणाली पनि कार्यान्वयनमा ल्याउन लागेको जनाए।आफ्नो यो ब्रिटीस भ्रमणका क्रममा ब्रिटीस बिजीनेस म्यान र  ब्रिटिश अधिकारीहरुसंग छलफल भएको पनि उनले जानकारी दिए।हाउस अफ लर्डसका सदस्य लर्ड शेखले सो कार्यक्रममा बोल्दै भारत तथा चीनको बीचमा रहेको नेपालमा लगानीको राम्रो संभावन रहेको र नेपालको विकासमा सघाउन जस्तो सुकै सहयोग गर्न आफु तयार रहेको बताए ।बेलायतकालागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपालले खुला, उदार अर्थनीति अपनाएको बताउँदै गैरआवासीय नेपालीहरु लगायत ब्रिटिश लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरे। उनले दुई देशबीचको संबन्ध २०० वर्ष पुरानो रहेपनि बेलायतबाट अपेक्षा गरे अनुरुपको लगानी नेपाल भित्रन नसकेको गुनासो पनि गरे।

सो अवसरमा आयोजित छलफलमा बोल्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले संसारका ८० मुलुकहरुमा संघको शाखा रहेको र संसारभरि फैलिएका नेपालीहरुले व्यक्तिगत तथा सामूहिक रुपमा नेपालमा लगानी गरिरहेको बताए। उनले लगानी गर्ने वातावरण सहज बनाउन अर्थमन्त्रीलाई आग्रह पनि गरे। त्यस्तै ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेन कँडेलले नेपाल लगानीका लागि खुल्ला रहेको र मुनाफाका अवसरहरु निकै रहेको बताए। एकजना ब्रिटिश लगानीकर्ता टिम गोचरले आफ्नो कंपनीले नेपालमा ९ वटा परियोजनाहरु संचालन गरिरहेको र झण्डै चारहजार मानिसलाई रोजगारी दिएको बताए।

वन टु वाच कंपनीका अर्का प्रबन्ध निर्देशक विलेम ग्रिमिन्कले नेपालले साना तथा मझौला उद्योग सफल रहेको धारणा ब्यक्त गर्दै ती उध्दमीहरुलाई सहयोग गर्न विशेष जोड दिएका थिए। उक्त कंपनीको संयोजनमा तथा नेपालबाट आएका १० जना युवा उद्यमीहरुले आआफ्नो कंपनी उत्पादन र बजार बारे भीडीयो प्रस्तुती गरेका थिए भने आफ्ना कम्पनीहरुमा लगानी गर्न आग्रह पनि गरेका थिए।

कार्यक्रममा डिएफआइडिको विकासकालागि व्यापार विभागका प्रमुख एण्ड्रयु म्याककब्री, नेपालस्थित डिएफआइडिका प्रमुख रुरिक मार्सडेन, सिडिसी ग्रुपका निर्देशक पियरे भ्यान हनिल्याण्ड लगायतका वक्ताहरुले पनि बोलेका थिए।

नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले उद्घोषण गर्नु भयको सो कार्यक्रममा सेकेन्ड सेक्रेटरी लव सुबेदी, कर्णेल कुमार बहादुर थापा, भुपेन्द्र घिमीरे, तेजेन्द्र रेग्मी लगायत लण्डनस्थीत नेपाली ब्यावसायीहरु , सामाजीक अभीयन्ताहरु, पर्यटन ब्यावसायीहरु, एनआरएनका बरिष्ठ पदाधीकारीहरु, बिबिसी नेपाली सेवाका पुर्व बरिष्ठ पत्रकार खगेन्द्र नेपाली, सुमन खरेल, भगीरथ योगी, कान्तीपुरका नविन पोखरेल, नेपाल ब्रिटेनका चीरन शर्मा, वीनेपालीका स्याम लुइटेल, नेपालीपत्रका ध्रुवराज अर्याल, शीतलपाटीका बाचस्पति रेग्मी, एभरेष्ट गौतम समेतको उपस्थीती थियो ।

करिव २०० जनाको उपस्थीती रहेको सो कार्यक्रममा सांस्कृतिक कार्यक्रमका साथै बेलायतमा नेपाली उत्पादन गोरखा बियर र हिमालयन वाईनको ब्यापक प्रमोसन गरीयको थियो ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?