Thursday July 29, 2021

सासंद कोमल ओली अमेरीका भ्रमणमा ।

१३ फाल्गुन, २०७५ शीतलपाटीन्युज डटकम । 5737


सासंद कोमल ओली अमेरीका भ्रमणमा ।

शीतलपाटीन्युज डटकम।

अमेरीका। गायिकाका रूपमा अमेरिका भ्रमणका लागि चारपटक भिसा रिजेक्ट भएकी लोकगायिका कोमल वलीको सपना माननीय भएपछि पूरा भएको छ। उनी यतिबेला अमेरिका भ्रमणमा रहेको पुष्टी लोकगायक तथा अमेरिकाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतले पुष्टि गरेका छन्।

उनले ‘बाँझो खेतमा छड्के सलाम छ मायालाई, पहिलो भेटमा’ शीर्षक दिएर फेसबुकमा स्टाटस मात्र लेखेका छैनन्, जोडी बाँधेर खिचेको फोटो पनि सार्वजनिक गरेका छन्। यी दुई गायक गायिकाले नै ‘बाँझो खेतमा छड्के सलाम छ मायालाई, पहिलो भेटमा’ बोलको चर्चित गीत गाएका हुन्। रेडियो नेपालबाट राजीनामा दिएर राजावादी कमल थापाको राप्रपाबाट राजनीति सुरू गरेकी वली केही समयपछि नै तत्कालिन एमाले प्रवेश गरेकी थिइन् । एमाले कोटामा प्रत्यक्षतर्फ सांसदको टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वारी दिएकी उनको बार्गेनिङ समानुपातिक टिकट पाएपछि थामथुम भएको थियो । ‘पैला जान पाम…’ लगायतका ‘जनवादी गीत’की श्रष्टा ओली यतिबेला मुलुकको महान क्रान्तिकारी पार्टी एमालेकी सांसद छिन्। नेकपाको वैधानिक प्रावधान नै पूरा नगरी प्रदेश कमिटीकी सदस्य बनाइएकी उनलाई त्यस कमिटीबाट हटाउनुपर्ने माग उठेको छ।

तर, नेकपा अध्यक्ष वलीको वरद कृपा पाएसम्म उनलाई विधानले छुन नसक्ने कुरा घाम जतिकै सत्य छ। नेकपामा लामो त्याग, बलिदान र समपर्ण भएका नेता कार्यकर्तालाई पाखा लगाएर आफू काँखा हुन सकेकी वलीका लागि अमेरिकी राहदानी भने पटक पटकको प्रयासमा पनि प्राईत हुन सकेको थिएन। यसलाई उनले सार्वजनिक पनि गरेकी थिइन्। तर, अब उनी नेपालको सत्तारूढ दल नेकपाकी माननीय सदस्य भएकी छिन्। त्यसमा पनि शक्तिशाली पार्टी अध्यक्ष के पी शर्मा ओलीको कृपा उनीमाथि छ।

यसरी रातो पासपोर्टकी हकदार भएकी माननीय कोमल वलीको अमेरिका सपना भने बल्ल पूरा भएको छ। अन्तत: उनको राहदानीमा अमेरिकाको भिसा लाग्यो र अहिले उनी अमेरिका भ्रमणमा छिन् ।  




मतहरू

hydroxyclorine

chrloroquine https://chloroquineorigin.com/# hydroxy chloroquine

Cleaning Wipes Supplier

Cleaning Wipes Supplier

Multi-Axis Sensor 3d Force Sensor With High Accuracy

Multi-Axis Sensor 3d Force Sensor With High Accuracy

Airless Jars Cosmetic Packaging

Airless Jars Cosmetic Packaging

hcq medication

what is in hydroxychloroquine https://plaquenilx.com/# what is hydroxychloroquine 200 mg used for

Factory Supply Chocolate Depositing Line Machine Automatic Hot Chocolate Machine

Factory Supply Chocolate Depositing Line Machine Automatic Hot Chocolate Machine

Backwater Valve Types

Backwater Valve Types

Galaxy A51 Screen Protector

Galaxy A51 Screen Protector

240v Heating Element

240v Heating Element

Ipad Stress Ecg Machine

Ipad Stress Ecg Machine

China Pe Woven Layflat Tubing

China Pe Woven Layflat Tubing


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?