१२ फाल्गुन, २०७५
शीतलपाटीन्युज डटकम।
अल्डरसट,लण्डन । बेलायतभरि छरिएर रहेका मगरहरुलाई एकीकृत तथा संगठित गर्दै अघि बढी रहेको संस्था मगर संघ युकेले ऐतिहासिक फागुन १५ गते मगर एकता तथा स्थापना दिवस ३७औ मगर दिवस शनिवार अल्डरसट स्थित एम्पायर हलमा कार्यक्रम गरि अति नै धुमधाम संग मनाएको समाचार छ ।
प्रमुख अतिथि नेपाल मगर संघ यूरोपकी संयोजक शान्ति थापा कुँवर रहेको सो कार्यक्रममा संघका अध्यक्ष नेम थापा मगरको अधक्ष्यतामा कार्यक्रम भयको थियो । एनआरएन युकेका अध्यछ्य योग कुमार फगामी उपस्थीत कार्यक्रमलाई महासचिव लाल पुन, सचिव रुद्र थापा, सास्कृतिक सचिव तुलचन्द्र तिलिजापुन, जानकी पुन, दिवस रोका, संगीता थापा र अनिल थापा यमुना आले लगायतले संचालन गर्नु भयको थियो।
नेपालका आदिवासी जनजातिहरुमध्ये सबैभन्दा धेरै संख्यामा रहेका मगर जाति आफ्नै मौलिक संस्कार, धर्म, बहुसंस्कृति, बहुकला र बहुभाषा बोकेको जाति हो । ऐतिहासिक फागुन १५ गते मगर एकता दिवसको अवसरमा नेपालबाट बेलायतमा आएका मगरहरुको बहुसाँस्कृतिक र बहुकलाको प्रदर्शन हेर्नुको लागि बेलायतभरि छरिएर रहेका हजारभन्दा बढी मगरहरु भेला भएका थिए । कार्यक्रममा संघका स्वीन्डन, केन्ट, पलमस्टिड़, क्याट्रिक, रेडीङ्ग, वेल्स, वेस्ट लण्डन, वेम्ब्ली, युएचएसबि,लण्डन शाखाहरु, पुनमगर समाज, धौलागिरी नौमती बाजा, खामभाषी मगर समाज लगायतले मगर संस्कृति झल्कने झाँकी प्रदर्शन गरेका थिए l
कार्यक्रममा नरेश खपांगीमगर र रमेश सररागकोटी मगरले दिवसको महत्वको बारेमा र गोमा राना, भुमाया थापा, हिक्मत सिंह रोका, बेल बुढाथोकी र बिल श्रीसले मगर भाषा र भेष भूषाका बारेमा प्रस्तुती दिएका थिए । कार्यक्रममा युकेस्थित विभिन्न संघसस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने मगर संघ क्यानाडाका अध्यक्ष चन्दा पुन,मगर संघ युएसएका उपाधक्ष्य लक्ष्मी राना,अखिल नेपाल खेलकुद महासंघका महासचिव कालीबहादुर घर्तीमगरको उपस्थिति रहेको थियो l कार्क्रममा मगर युथले मगर गट ट्यालेन्ट प्रस्तुत गरेका थिए । विभिन्न शाखाहरुले भाग लिएको सो प्रतियोगितामा वेस्ट लण्डन शाखाकी सलिना थापा प्रथम, पलमस्टिड़ शाखाका सरला रोका,बिन्ध्या पुन,सुमन पुन,दिलु थापा,रोशनी थापा, प्रिती थापाको समुह दोस्रो र वेम्बली शाखाकी अनु सिंह पुन र सारु तेस्रो भएका थिए । बिजेताहरुलाई नगर पुरुस्कार र ट्रफी दिइएको थियो l मगर गट ट्यालेन्टका निर्णायकहरु शशि थापा सुब्बा, सरू गुरुङ राना, दीप राना र सबिता राना रहेका थिए ।
कार्यक्रमकी प्रमुख अतिथि शान्ति थापा कुँवर र एनआरएनका उपाधक्ष्य प्रेम गाहा मगरले मन्तब्य दिएका थिए भने कार्यक्रम संयोजक एवम उपाध्यक्ष अनिता राना मगरले स्वागत मन्तब्य दिनुभयको थियो।
कार्यक्रममा उच्च शिक्षा हासिल गरेका,पुस्तक,क्यासेट प्रकाशन गरेका,बेलायत सेनामा उच्च ओहोड़ामा पुगेका मगरहरु र नेपालवाट आएका कलाकारहरु सरोज खनाल र गौरी मल्ल लाई सम्मान गरिएको थियो। यस्तै नेपालवाट आएका चर्चित कलाकारहरु गायक पवन थापा,मंसुधन थापा र गायिका कल्पना श्रीपाल र स्थानीय कलाकार क्याप्टेन बिर बहादुर थापाले गीत प्रस्तुत गरेर कार्क्रमलाइ संगीतमय बनायका थिए ।