Saturday July 02, 2022

हिमालयन फुड युरोपमा प्रख्यात हुदै , फापरको पीठों पनि उपलब्ध

१७ फाल्गुन, २०७५ शीतलपाटीन्युज डटकम। 62079


हिमालयन फुड युरोपमा प्रख्यात हुदै , फापरको पीठों पनि उपलब्ध

शीतलपाटीन्युज डटकम।

लण्डन – लण्डनका नाम चलेका सुपरमार्केटहरुमा तपाईँले आकर्षक प्याकमा भान्सामा प्रयोग हुने नेपाली उपभोग्य सामान देख्नु भयो भने तपाईँले अनौठो नामाने हुन्छ । किनकी पछिल्लो समय बेलायतमा नेपालबाट आयात गरिएका दैनिक उपभोग्य बस्तुले राम्रो बजार लिन थालेको छ । १० वर्ष अघि बेलायत आएका नेपाली युवा विकास नेपाल (३०) को पहलमा अहिले लण्डनका बजारमा तीब्र रुपमा नेपाली उत्पादनको बिक्री र मार्केटिङ भइरहेकोछ । लण्डनमा दुई नेपाली सप्लासर्य हुदाहुदै पनि उनको उपस्थितिले नेपाली उपभोग्य बस्तुको माग ह्वात्तै बढेको छ।

दिनरातको मेहनत ,जनसम्पर्क र कुशल बजार व्यवस्थापकका रुपमा दरिएका विकासको मार्केट डाइरेक्ट नामको कम्पनी हाल लण्डनमा परिचित छ । यही कम्पनीको प्रोडक्टको रुपमा विकासले दुई वर्षअघि ‘नेपाल फुड्स’ नामक ब्राण्ड खोलेका छन् । जुन ब्राण्डमार्फत उनको कम्पनीले नेपाली चिउरा, दाल, भटमास मैदा,फापरको पिठो, कोदोको पिठो, मकैको च्याख्ला, अचारका परिकारलगायत नेपाली बस्तुहरु बेलायत आयात गरी उपलब्ध हुने गरेको छ । यस्तै वाइवाई चाउचाउका साथै वर्ल्ड दरबार व्हिस्की, खुकुरी रम मदिरा समेत नेपाल फुड्समार्फत बेलायत आयात गर्ने गरिएको छ ।”नेपालको लागि पनि केही गरौं भनेर हामीले नेपाल फुड्स ब्राण्ड खोलेका छौं । नेपाली पहिचानसहितको उच्चगुणस्तरको सेवा दिइरहेका छौं” विकास नेपालले भनेका छन्,अहिले हामी युकेभरी छाईरहेका छौं । युरोपको बेल्जियम, फ्रान्स, स्पेन, जर्मनी, पोर्चुगललगायतका देशमा पनि हामीले नेपाली ब्राण्डको बजार प्रबर्धन गरिरहेका छौं ।’ लामो समय मार्केटिङ क्षेत्रमा बिताएको आधारमा भारतीय, पाकिस्तानी र बंगलादेशीका साथै स्थानीय बिक्रेतासँग आफ्नो रहेको जनसम्पर्कको आधारमा नेपाली उत्पादनको बजार प्रवर्द्धन गरिहेको उनी बताउँछन् । जसअनुसार अहिले नेपाली उत्पादनको माग बढ्दो क्रममा रहेको उनी दाबी गर्छन् । नेपाली उत्पादनको विदेशमा माग बढ्दा कुनै न कुनै माध्यमबाट देशको अर्थतन्त्रको लागि पनि केही योगदान पुग्ने उनको बुझाई छ।

‘हामी विदेशमा बसेका छौं तर नेपालको लागि केही पनि गरेका छैनौं । नेपाली उत्पादन विदेशी वा विदेशमा रहेका नेपालीले किनिदिए भनेपनि त्यसबाट देशको अर्थतन्त्रमा केही योगदान पुग्छ नि’ उनी भन्छन्, ‘देशमा रोजगारीको सिर्जना हुनुका साथै आयआर्जनको माध्यम हुन्छ । व्यापार एक ठाउँमा हुन्छ, त्यो भन्दा पनि विदेशमै रहेर पनि नेपालको अर्थतन्त्रमा केही योगदान दिऔं भन्ने पनि हाम्रो ध्येय हो ।’

भूपरिवेष्ठित देश र झण्डटिलो आयात प्रक्रियाले नेपाली उत्पादन लण्डनसम्म पुग्दा अन्य देशको उत्पादनको तुलनामा केही महंगो पर्न उनी बताउँछन् । ‘नेपाली प्रोडक्ट अरु विदेशी प्रोडक्ट भन्दा केही महंगो पर्छ । काठमाडौंबाट वीरुगन्ज, कलकत्ता, सिंगापुर हुँदै युके आयात गर्नुपर्ने हुँदा ढुवानी खर्च महंड्गो हुन सक्छ । तर महंगै भएपनि धेरै नेपाली र विदेशीले रुचाएका छन् ।’ उनका अनुसार नेपाल फुड्सले मासिक १५ लाख नेपाली रुपैयाँ बराबरको चिउरा, दाल, भटमास,मैदा, फापरको पिठो, कोदोको पिठो, मकैको च्याख्ला, अचारका परिकारलगायत नेपाली परिकार बेलायत आयात गर्ने गरि बिक्री भयको बतायका छ । सामान बेलायत आयातका लागि काठमाण्डौमा एक गोदाम रहेको र त्यहाँ देशभरबाट आवश्यक सामान संकलन गर्ने गरिएको उनले जानकारी दिए। विकासका अनुसार नेपाल फुड्सले निकट भविष्यमै दुबई, मलेसिया र अस्ष्ट्रेलियामा पनि बजार विस्तार गर्ने योजना बनाएको जानकारी दियकाछन्।

हालै नेपाल पुगेको अवसरमा विकासले ‘मार्केट डाइरेक्ट’ को नेपालमा पनि शाखाका दर्ता गरेका छन् । सो कम्पनीबाट नेपालमा मार्केटिङ सम्बन्धी काम सुरु गरिने विकासले बताए । विदेशमा हासिल गरेको ज्ञान र सिपलाई नेपालमा पनि प्रयोग गर्न मन छ । अहिले कम्पनी सुरु गरिएको छ, वातावरण बन्दै गयो भने नेपालमा पनि लगानी गरिनेछ’, विकासले भने ।

बिकासले नेपालदेखि लण्डनसम्मको यात्रा गर्दैगर्दा नेपालमा एसएलसी सकेर उच्च शिक्षाका लागि भारत पुगे । भारतबाट ग्राजुएशन सकेपछि थप अध्ययनका लागि संयुक्त अधिराज्य बेलायतमा उच्च शीक्षा लीने योजना बनाए । अथक प्रयास र मेहनतका कारण सन् २००९ मा एमबीए गर्न लण्डन पुगेका विकासको करियरले १० वर्षको बीचमा राम्रो सफलता पायो।

त्यतिबेला केही गरेर देखाउन अवसरको खोजीमा भयका विकास बेलायतकै प्रतिष्ठित मध्येको एक कम्पनी ब्रिटीस ग्यासमा मार्केटिङको काम गर्ने अवसर पाए ।मार्केटिङको काम पाएँ पनि विकासले भने, ‘त्यतिबेला मलाई मार्केटिङ कम्पनीबाट केही गर्न सकिन्छ भन्ने विश्वास थिएन ।’ तर, त्यहाँ ५ वर्ष काम गरेपछि उनमा यो क्षेत्रमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास पलायो र सन् २०१४ मा आफ्नै स्वामित्वको मार्केटिङ कम्पनी ‘मार्केट डाइरेक्ट’ स्थापना गरे।

 

विकास प्रमुख कार्यकारी अधिकृत रहेको मार्केट डाइरेक्टले अहिले बेलायतभरी बाटिका, डाबर, कोहिनूर अशोका लागायतका चर्चित २७ भारतीय ब्राण्डको मार्केटिङ गर्दछ । जसबाट बार्षिक २ मिलियन पाउण्डभन्दा बढीको कारोबार हुने गरेको विकास बताउँछन् । ती कम्पनीका ब्राण्डको सेल्स मार्केटिङ, प्रोमोशन, टेस्टिङलगायत सबै मार्केटिङको पाटो विकासकै कम्पनीले हेर्छ । यही कम्पनीको एक प्रोडक्टका रुपमा विकासले नेपाल फुड्स खोलेका हुन् । जसमार्फत उनी विदेशमै बसेर देशका लागि केही योगदान दिने योजनाका साथ बेलायती बजारमा नेपाली उत्पादनको बजारीकरणमा जुटिरहेका छन।

अहिले विकास नेपाली भान्छाको स्वादमा विविधता ल्याउन र तयारी खाना (रेडि टु इट) मा रुपान्तरण गर्न अध्ययन अनुसन्धानमा पनि जुटिरहेका छन् । यस्तै नेपाललाई पर्यटकीय हव बनाउन केही नयाँ प्रयोग पनि गर्न खोजिरहेको उनी बताउँछन् । त्यसका लागि आवश्यक गृहकार्य भइरहेको बताए पनि यो महत्वकाँक्षी प्रोजेक्ट भएकाले थप योजना बनायर पछि सार्वजनिक गरिने उनले बताए । नेपालमा पर्यटन बिकास र नेपाली उत्पादनलाई बजारीकरण गर्दै बेलायतमा रहेका बिकास हाल २७ जना कर्मचारीलाई पूर्णकालीन रोजगारी दिएर समय अनुसार व्यापारलाई थप परिस्कृत गर्दै लैजाने बतायकाछन ।

(श्रोत:नेपाल ब्रिटेन डटकम)

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?