Sunday December 15, 2019

विप्लव समूहका नेताको घरमा प्रहरीको छापा

२६ फाल्गुन, २०७५ शीतलपाटीन्युज डटकम 1164


विप्लव समूहका नेताको घरमा प्रहरीको छापा

शीतलपाटीन्युज डटकम।

विप्लव समूहका नेता दुर्गाबहादुर रोकाको घरमा प्रहरीले नेकपा छापा मारेको छ । अवैध हातहतियार राखेको सूचनाका आधारमा प्रहरीले शिवराज नगरपालिका –९ स्थित रोकाको घरमा छापा  मारेको हो । बिहीबार विहानै प्रहरी टोलीले घर घेरा हालेपछि विप्लव समूहका नेता रोका भाग्न खोज्दा गोली चलाइएको छ । प्रहरीको गोली लागेर उनी घाइते भएका छन् । खुट्टामा गोली लागेका रोकालाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लगिएको छ ।

उनको घरकाट प्रहरीले एसएमजी, तीन थान म्यागजिन र चाइनिज पेस्तोल बरामद गरेको छ । प्रहरीले विप्लवका समेत गाउँ रहेको शिवगढीका झण्डै एक दर्जन घरमा खानतलासी गरेको छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?