Friday January 24, 2020

कोलम्बियामा विमान दुर्घटना, पाइलटसहित १२ जनाको मृत्यु

२६ फाल्गुन, २०७५ शीतलपाटीन्युज डटकम 1194


कोलम्बियामा विमान दुर्घटना, पाइलटसहित १२ जनाको मृत्यु

शीतलपाटीन्युज डटकम।

एजेन्सी-कोलम्बियामा शनिवार राति विमान दुर्घटनामा भएको छ । दुर्घटनामा विमान चालकसहित १२ जनाको मृत्यु भएको छ । कालम्बियाका नागरिक सुरक्षा आपत सेवाले ट्विट गर्दै दुर्घटनाको जानकारी दिएको छ ।

कोलम्बिया सरकारको अनुसार ‘द डगलस डीसी –थ्रि’ विमान देशको मध्य पूर्व क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । विमान सान जोश देल गुआवियारे र विल्लाविन्सेसियोको लागि उडान भरिरहेको जनाइएको छ ।

दुर्घटनामा तरैरा नगरपालिकाका मेयर, उनका पति र छोरी, विमान चालक र को–चालक, एक उड्डयनविद् लगायतको मृत्यु भएको छ । कोलम्बियाका राष्ट्रपति इवान डकले दुर्घटनामा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गरेका छन् । कोलम्बियाका आपतकालिन नागरिक रक्षाका अधिकारीका अनुसार विमान इन्जिन फेल भएको कारण दुर्घटना भएको हो । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?