१० श्रावण, २०७५
शीतलपाटीन्युज डटकम।
अल्डरसट, लण्डन। माननीय सासंद एवम महिला, बालबालीका र जेष्ठ नागरीक मन्त्री थम माया थापालाई एनआरएन युके र मोना युकेद्वारा अल्डरसट लण्डनको भेटघाट रेष्टुरेन्टमा हिजो बेलुका एक संयुक्त स्वागत कार्यक्रमको आयोजना गरी भब्य स्वागत र सम्मान गरीयको छ ।
सो स्वागत र सम्मान कार्यक्रममा पुर्व मोना युके अध्यक्ष एवम एनआरएन युके अध्यक्ष योग कुमार फगामीले टोकन अफ ममेन्टो दिएर खादा लगाई स्वागत गर्नु भयको थियो भने मोना युकेका तर्फबाट अध्यक्ष कमल बहादुर पुर्जा मगरले पनि गर्नु भयको थियो ।
म्याग्दीमा जन्मेर म्याग्दी मै शीक्षा दिक्षा र राजनिती गर्नु भयकी थममाया थापा माननीय सासंद एवम महिला, बालबालीका र जेष्ठ नागरीक मन्त्रालयको मन्त्री हुनुहुन्छ। समाज कल्याण परिषदका सह सचीव राधीका आचार्य र नेपाली दुतावासका एटेची तेजेन्द्र रेग्मी समेतको उपस्थीती रहेको सो स्वागत कार्यक्रममा उहाहरुलाई पनि सम्मान गरीएको थियो । सो अवसरमा एनआरएन युकेका पुर्व अध्यक्ष एवम संरक्षक र पुर्व अध्यक्ष मोना अन्तराष्ट्रिय योगेन क्षत्री, मगरसंघ युकेका अध्यक्ष नेम थापा , पुर्व अध्यक्ष दुत पुन, तमुधी युकेका उपाध्यक्ष हितकाजी गुरुड्ग , महासचीव कृष्ण गुरुड्ग, तमु फोरमका क्याप्टेन राजु गुरुड्ग ,एनआरएन युकेका उपाध्यक्ष सेर बहादुर सुनारको उपस्थीती थियो ।मन्त्री थापा ग्लोबल डिसाबिलीटी सम्मेलन २०१८ मा नेपालको प्रतिनिधीत्व गर्दै उहा बेलायत आउनु भयको हो ।
साथै एभरेष्ट टाइम्सका फोटो पत्रकार मीलन तमु गुरुड्ग, पत्रकार महासंघ युके शाखाका सचीव पुर्ण गुरुड्ग र शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मीको उपस्थीती रहेको सो कार्यक्रममा मगर संघ युकेका महासचीव लाल पुन, मोना युकेका श्रीमती शर्मीला फगामी, तुल चन्द्र तिलिजा,अर्जुन तिलिजा, बाग्बिर चोचागी, भक्त रोका , धन रोका , साम गुरुङ, पदम गर्बुजा, बेल बुढाथोकी कार्यसमितिका साथिहरु समेतको उपस्थीती रहेको थियो ।
स्वागत र सम्मान पश्चात नेपाली डायस्पोराको बिवीध बिषयमा अन्तरक्रिया समेत भयको थियो। मोना युकेका पुर्व अध्यक्ष एवम एनआरएन युकेका अध्यछ योग कुमार फगामीको अध्यक्षतामा भयको कार्यक्रम मोना युकेका महासचीव कुमार फगामीले संचालन गर्नु भयको थियो । एनआरएन युकेका उपाध्यक्ष शेर सुनारले ब्यवस्थापन गर्नु भयको सो कार्यक्रम भब्य भयको थियो ।