Saturday October 01, 2022

चलचित्र ‘लभ स्टेशन’ अस्ट्रेलिया प्रदर्शनका लागी २७ लाखमा बिक्री

३ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम 33900


चलचित्र ‘लभ स्टेशन’ अस्ट्रेलिया प्रदर्शनका लागी २७ लाखमा बिक्री

शीतलपाटीन्युज डटकम ।

युवास्टार प्रदीप खड्का र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’ अस्ट्रेलिया प्रदर्शनका लागी २७ लाखमा बिक्री भएको छ ।  गोर्खा इन्टरट्रेनमेन्टले खरिद गरेको चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी दिएका छन् । चलचित्र जापान लगायतका अन्य मुलुकबाट पनि प्रदर्शनका लागि माग भइरहेको उनी बताउँछन् ।  

उज्जवल घिमिरेले निर्देशीत यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय रहेको छ । काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन्  ।
आलोक शुक्लाको छायाँकन रहेको ‘लभ स्टेशनमा’ शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको  छ । अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको चलचित्र आउँदो चैत २२ गतेबाट प्रदर्शनमा आउँदैछ । 
 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?