Thursday June 01, 2023

गैर आवासीय नेपाली नागरीकता कि दोहोरो नागरीकता

४ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम। 75532


गैर आवासीय नेपाली नागरीकता कि दोहोरो नागरीकता

शीतलपाटीन्युज डटकम।

काठमाण्डौ। नेपालको संविधानले नेपाली नागरिकलाई अन्य मुलुकको नागरिकता ग्रहण गर्न रोक लगाएको छैन। संविधानले अन्य मुलुकको नागरिकता ग्रहण गर्ने कि नगर्ने भन्ने विषय नेपाली नागरिकको स्वविवेकमा छाडेको छ। नेपालको कानुनमा व्याख्या गरीएको छ कि कुनै व्यक्तिले एकै पटक र एकै समयमा एकभन्दा बढी अर्थात् कम्तिमा दुईवटा देशको नागरिक हुन पाउनुपर्छ भनी व्यक्तिले अधिकारको रूपमा दावी गर्ने विषय होइन।

अर्थात् दोहोरो नागरिकता व्यक्तिको अधिकार हैन। यो त सम्बन्धित मुलुकको संविधान, कानून र राष्ट्रिय नीतिले निर्धारण गर्ने विषय हो। त्यसैले कुनै पनि नेपाली नागरिकले नेपाली नागरिकता हुदाहुदै अरु देशको नागरिकता लिएमा नेपाली नागरिकता स्वत: खारेज भएको मानिने छ र त्यस्तो अरु देशको नागरिकता पाउने ब्यक्तिले नेपालको नागरिकता नेपाली दूतावास, गृह मन्त्रालय वा जिल्ला प्रशासन कार्यालयमा बुझाउनु पर्नेछ । यसरी बुझाउनु पर्ने नागरिकता नबुझाइ दुबै नागरिकता साथमै राखेमा यस भन्दा पहिला गैरकानुनी वा लुकाइ छिपाइ प्रयोग गर्दै आएको भएपनि नेपाल सरकारले कडाइ गरेको थिएन। अब भविष्यमा कडाई गर्ने र कुनै कतै कारणबस प्रयोग गरेको पाइएमा कडा सजाय गर्नेबारे संसदीय समितिमा छलफल भएको छ।

नया संबिधानले खोलेको बाटो मध्ये बिदेशमा रहेका नेपालीहरुले राजनीतिक अधिकार बाहेक सामाजीक, आर्थीक र सास्कृतिक अधिकार सुरक्षित रहने गैर आवासीय नेपाली नागरिकता दिने विषय संबिधानमा उल्लेख भै संबैधानीक हक पाउन लागेको हो । यो अधिकारले ब्यापार, लगानी, किनवेच, आफ्नो नाममा नेपालमा सम्पति राख्न पाउने अधिकार भने सुरक्षित रहने उल्लेख  छ । नेपालको हालको नियम अनुसार सम्पत्ति विदेश ल्याउन भने पाउने छैनन। यसबाट के प्रष्ट हुन्छ भने राजनीतिक अधिकार बाहेकको गैर आवासीय नेपाली नागरिकता दिने व्यवस्थाका लागी कानुन बनाउन अगाडी बढीरहेको छ।

यसै बिषयमा चासो बढी रहेका बेला एनआरएन अन्तराष्ट्रिय उपाध्यक्ष कुल आचार्यले आफ्नो फेसबुक पेजमा यस्तो धारणा राखेका छन्:  

साथीहरू, संसदमा विचाराधीन नागरिकता विधेयकमा गैरआवासीय नेपाली नागरिकताबारे छलफल भैरहेको र सोहि सम्वन्धमा केहि  संचारमाध्यममा प्रकाशित समाचारहरुका बारे  साथीहरुले विभिन्न माध्यमबाट  मलाई सम्पर्क गर्नुभएकाले मैले बुझेको कुराहरु स्पष्ट पार्न चाहन्छु।

१.नेपालको संविधानले राजनीतिक बाहेक सामाजिक, सांस्कृतिक  तथा आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकता दिन सकिने स्पष्ट व्यबस्था गरेको छ। नया कानूनले सोहि प्रावधानलाई कसरि लागू गर्ने भन्ने बारे व्यवस्थित गर्ने हो। नेपालमा सम्पत्ति राख्न पाउने, व्यबसाय गर्न पाउने  लगायतका हाम्रो अधिकार कटौती गर्ने होइन। त्यसैले नेपालमा रहेको हाम्रो सम्पत्ति सुरक्षित रहने बारे ढुक्क हुन र कुनै भ्रममा नपर्न म सबै साथीहरुलाई बिश्वस्त पर्न चाहन्छु।

२.गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न नेपाली नागरिकता त्यागेको प्रमाण पेश गर्नु पर्ने भन्नेबारे संसदमा छलफल भएको हुनसक्छ।  तर यसबारे केहि निर्णय भै सकेको छैन। मैले संसदीय समितिमा रहेका माननीय सांसदज्यूहरुसंग बुझ्दा समयाभावका कारण सो विधेयक  चालु सदनबाट पारित हुने सम्भावना नरहेको र आगामी बर्षे सदनमा छलफल जारी रहने बताउनु भएको छ।

३.त्यसैले  कुनै भ्रममा नपर्न र नेपालको संविधानमा उल्लेखित अधिकारलाई अरु सुदृढ गर्ने गरी नया कानून बनाउने वातावरण बनाउन आआफ्नो ठाउंबाट लबी गर्न सबै साथीहरुलाई फेरि आग्रह गर्दछु।

"एक पटकको नेपाली सधैंको नेपाली" भन्ने मूल मन्त्रलाई सार्थक बनाउन संघको तर्फबाट हामीहरु क्रियाशील  रहेको पनि जानकारी गराउँदछु । यसबारे छिट्टै संघको बैठक बसेर आधिकारिक धारणा सार्बजनिक ग़र्नेछौ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?