Tuesday December 06, 2022

विप्लव सिन्धुलीमा प्रकाण्ड दाङमा

४ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम 33436


विप्लव सिन्धुलीमा  प्रकाण्ड दाङमा

शीतलपाटीन्युज डटकम।

विप्लव माओवादीका महासचिव नेत्रविक्रम चन्द र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मालाई सुरक्षा निकायले आफूहरुको पहँुचभित्र नै रहेको दाबी गरेको छ ।हाल सिन्धुलीमा रहनु भएका विप्लवको गतिविधिलाई नजिकबाट निहालिरहेको र उहाँले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहनुभएको जानकारी आफूहरुलाई प्राप्त भएको सुरक्षा उच्च स्रोतले जानकारी दिएको छ । केही दिनदेखि सिन्धुलीको कहिले बस्ती र कहिले जंगलमा बस्ने गरेको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ । उहाँहरुको कदम अहिलेसम्म हिंसात्मक नदेखिएको समेत सुरक्षा स्रोतले जनाकारी दिएको ेछ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?