Saturday January 28, 2023

नेपालमा गाडीको स्पीडले दुर्घटना र मृत्यु, नेसनल स्पिड लिमीट घटाउन आवस्यक

४ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम 58966


नेपालमा गाडीको स्पीडले दुर्घटना र मृत्यु, नेसनल स्पिड लिमीट घटाउन आवस्यक

बाचस्पति रेग्मी ।
बेलायती परिबेसमा सीफ्ट सीस्टमको नोकरीका लागी आज पनि सदा झै ५ बजे बिहान जागीर कै लागी तयार हुदै थिए । सामाजीक संजालका समाचार र साथीहरुले अपार माया गरेर पठायका शुभ कामना बिहानीका सन्देस हेर्दै बिहानीले दिनको राम्रो अनुभव गरीरहने मेरो दिनचर्या शुरु हुन लाग्यो ।

सदा झै तयार भयर कार स्टार्ट गर्र्दै काममा जान लाग्दा अचानक दुर्घनामा परेका प्रदेश ५ का सासंद उत्तर कुमार ओलीको उपचार गर्दा गर्दै निधन भन्ने समाचार देखे । समाचारले मन खल्लो र नमज्जा महसुस भयो।मुटु फुल्यो, ठुलो भयो, ढुकढुकी बढ्यो । यस्तो उखानको याद आयो कि-
“मर्ने कसैलाई रहर हुदैन, नमरेको कुनै सहर हुदैन” बाच्नका लागी भनेर भागेर कहा लुक्न जाउ, मान्छे नमरेको ठाउ हुदैन” 

यसो भन्दै कुहिरो हुस्सु लागेको बाटो कार चलाउन शुरु गरे। यस्तै दुखद समाचार हेर्दै गर्दा नेपालमा घटेका केही दुर्घटनाहरुको याद आयो। सामान्य भन्दा पनि अंकगणीतीय हिसावमा धेरै नै दुर्घटनाहरु भयका र यस्मा सवारी साधनको स्पीड कै कारण, ड्राइभर कै नेक्लीजेन्स, लापरवाहीका कारण दुर्घटना भै धेरैको अकालमा मृत्यु भयको रीपोर्टका समाचार सुनी रहेकै थिए। यस्ता दुर्घटाहरुको समाचारहरुमा भर्खरै ताप्लेजुड्गमा मोटरसाइकल ओभर स्पीडका कारण दुर्घटना भै ज्यान गयको समाचार पढेको थिए भने अर्को मोरड्गमा टीपरले ठक्कर दियर बालीकाको घटनास्थल मै ज्यान गयको दुखद समाचार सुनेर बस्न परेको थियो।टिपरले बालीका मारेको कारण मृतक बालीकाका समर्थकहरुले अरु १० वटा टिपर आवेसमा आयर जलायको दुखद खवर अर्का तर्फ आयको थियो । दुखको कुरा ट्राक्टरमा ट्रकमा मान्छे चढ्न हुन्न, चढाउन हुदैन र सवारी धनीले पनि कानुनत चढाउन हुदैन तर भर्खरै उदयपुरमा मान्छे नचढाउने ट्राक्टरमा ड्राइभरले चढाएर दुर्घटना भै पेसेन्जर मरेको छ। त्यस्तै नुवाकोटमा तयार नभयको कच्ची बाटोमा ट्रक टीपरले पेसेन्जर चढाएर दुर्घटना हुदा ठुलो जनको क्षति भयको छ । यती मात्रै होइन कि दाड्गको एउटा इन्सीच्युटको शैक्षीक भ्रमण र पिकनिकमा गएको बस ड्राइभरको केयरलेस र स्पीड कै कारण बस खसेर धेरै भविष्यका कर्णधार युवाहरुको मृत्यु भयको समाचारले यो मन मष्तिस्क जिरीड्ग भयको र  पिडा बोध गरेको छ । अन्य दुर्घटनालाई इतिहासमा खोतल्दा काभ्रेको कात्तीके देउरालीको २४/२५ जना मरेको बस दुर्घटना, गतबर्ष धादिड्गको पहाड़ तीर २५/२६ जना मरेको बस दुर्घटना, पाल्पामा भर्खरै बस ब्रेकफेल भयको घटना, बाग्लुड्गको सीकारुले चलाएर घटेका ताज़ा घटनाहरुको बिश्लेषण गर्दा सवारी यातयातको क्षेत्रमा सुरक्षामा आमुल परिवर्तन गर्नुपर्ने अवस्था आयको छ ।

सुरक्षाकर्मीको पनि दुर्घटनामा मृत्युका घटना हेर्ने हो भने नेपाल प्रहरीको युवा प्रहरी निरीक्षक द्वय श्रीमान र श्रीमतीको रुकुममा भयको गत बर्षको बलेरो जीप दुर्घटनामा मृत्यु क्षती, डिआईजी शुसील भण्डारीको काभ्रेमा भयको लापरबाहीपुर्क चलायको ड्राइभीड्गबाट दुर्घटना भै भयको मृत्यु , ससस्त्र प्रहरीको एसपी बलराम पोखरेल र सीडीयो भट्टराईको संकास्पद दुर्घटना मृत्यु, ट्राफिक प्रहरी डिउटीमा रहदै सवारी साधन स्पीडमा आयर ठक्कर दियर भयको मृत्यु , ड्राइभरले स्पीड कम नगरी जेव्राक्रसमा पनि नरोकी जथाभावी सवारी साधन चलायर भयको दुर्घटना र मृत्यु अत्यन्त इतिहासका दुखद घटनाहरु छन् । यसको अलावा सचीव माधव घिमीरेको दुर्घटना र मृ्त्यु, सिंचाई सचीवको दुर्घटना र मृत्यु आदी आदी हाइवेमा भयका ठुला दुर्घटनाहरु र बस नदीमा खसेका घटनालाई हेर्ने हो भने नेपालमा सवारी साधनबाट हुने मृत्यु दुखद, कहाली लाग्दो र दुर्घटना अत्यधिक भयको अनुमान लगाउन गाहारो छैन। त्यती मात्र नभयर बिदेशमा पनि भर्खरै पोर्तुगलमा बाटोक्रस गर्दा, मलेसीयामा बाटोक्रस गर्दा, अस्ट्रेलियामा नातीलाई स्कुलबाट हजुरआमाले साथमा  लीयर आउदा कारले ठक्कर दियर दुर्घटनामा मृत्यु, युकेमा ३ वटा घटना मध्ये अल्डरसटमा मोटरसाइकलले ठक्कर दियर मृत्यु, हड्गस्लो र मेनचेस्टरमा स्पीड गाडीले ठक्कर दियर मृत्यु, अमेरीकाको भर्जीनियामा पनि सवारीले ठक्कर दियर नेपालीहरुको अकालमा मृत्यु भयका समाचारले हामी दुखी भयका छौ ।
हामी घटनाका फेहरीस्त हेर्दै गर्दा यस्ता घटनाहरु घटी रहदा प्रहरीले गर्ने अनुसन्धान तहकिकातबाट पायको सजाय र राहात कुराहरु त आम समाचार माध्यमबाट जानकारी पाएका छौ । तर सरकारको कानुनमा फितलो निती, सजाय क्षतिपुर्ती सस्तो र कडा सजाय नभएकै कारण नेपालमा सवारी दुर्घटना जथाभावी भयको सबैले महसुस गरेकै कुरा हो । यसो हुनुमा मज़दूर संगठनले सवारी दुर्घटनामा चालकले मान्छे मारे पनि जेल जाने केशका हकमा पनि जुलुस नारा धर्ना र कम क्षतिपुर्ती मात्रै गराउन सरकारलाई दवाव दिई बाध्य बनाएर हो भने अर्को कुरा सवारी चालकले सवारी नियम पुरापुर फलो नगरेको , मजाक र रमाईलोको लागी तोकीयको स्पीड भन्दा बढी स्पीडमा चलायको, पुरा सवारी ज्ञान नभै पैसा दियर सजीलै लाईसेन्स पाउने गरेको, दैनिक सवारी गल्ती गर्दा पनि थोरै सवारी जरीमानाले चालक उम्कने गरेकोले पनि चालकले अनुशासीत भयर सवारी नचलायर दुर्घटना भयको हो।त्यस्तै उछिन्ने मात्रै प्रयास गर्ने, भीजीबिलीटी नहेर्ने र म मात्रै सुपर ड्राइभर हो भन्ने धारणाले यस्तो भयको हो।यहानेर भुल्नै नहुने कुरा के भने सडकमा गल्ती गर्ने ड्राईभरलाई सजाय भने सरकारले गर्ने गरेको , गल्ती गरे बापत जरीमाना लीने गरेको तर त्यो जरीमानाबाट सडकमा न लेन राख्ने न ट्राफिक सीग्नलहरु अपडेट गर्ने, न सडक राम्रो र भरपर्दो बनाउने गरीयको छ। 

जनताको जीउधनको रक्षा गर्ने काम सरकारको हो। सरकारसंग प्रहरी छ, प्रहरीसंग ट्राफिक छ । ट्राफिक त छ तर ट्राफीकसंग सवारी सुचारु गराउन प्रयाप्त साधन र श्रोत छैन । भर्खरै अनुसन्धान गरीय अनुसार एउटा ट्राफिक प्रहरीले प्रतिदिन २० किलोमीटरको ट्राफिक डिउटी ब्यवस्थापन गर्नुपर्दछ रे! अव हेर्नुहोस र अनुमान लगाउनुहोस कि ट्राफीकले कसरी समाधान गरेको छ होला । ट्राफीकले त आफ्नो स्वास्थ्यको प्रवाह नगरी धुवा धुलो खाएर स्वास्स्थ्य जोखीममा राखी जती सक्यो त्यती गरीरहेको छ तर ड्राइभरले पेसेन्जरको ज्यान बचाउने गरी चलाउन नखोज्ने हो भने कसरी सुरक्षित रहला सवारी यातायात ब्यवस्था।बिश्व मै ट्राफीक दुर्घटना नभयर मान्छे बाचेका हैनन तर सुरक्षीत यात्राका लागी स्पीड कम हुनु पुर्व सर्त हो । सानो गल्तीले दुर्घटना हुने हो र मान्छे मर्ने हो। मान्छेले यमराजसंग फिर्ता मागे पनि पाउदैनन। भनिन्छ -
“इन्द्रै बिन्ती गरुन झुकेर पथमा त्यो बिन्ती मान्दैनथ्यो।
आयो टप्प टिप्यो लग्यो मिती पुग्यो टारेर टर्दैन्थ्यो ।” 
इन्द्र भनेको बलिया भगवान हुन तैपनि भयपनि कालले मान्दैन्थ्यो । त्यसैले सवारी दुर्घटना रोक्न चालकलाई शीक्षा र राम्रो नियम कानुनले पोषीत गरीनु पर्दछ ।


नेपालको ट्राफिक समस्या भनेको एउटा जटील समस्या पहिलो बाटो सानो र जाम हो । देशमा नगरमा चलेका गाडीहरु सरकारी यातायातका साधनहरु हैनन । प्राईवेट सवारीहरु नाफामुखी चल्ने हुदा सकेसम्म कुरेर खचाखच भरेर कमाउनु कमायर लीने र लाने हो। नियम कानुन मीच्ने , पार्कीड्ग बाड्गो राखेर पछाडीको साधनलाई ठाउ नदिने र जथाभावी स्पीडमा दौडने गरीयको छ। ज़ेब्राक्रसमा पनि सवारी रोकीदैन र पेसेन्जरलाई पनि जेव्राक्रसको नियम थाहा नभयको जस्तो ब्यवहार गरेको देखीन्छ। सहरमा सबैलाई अफिस जान, बजार दौड़ने हतांर  मात्र छ।सुरक्षीत यात्रा त कहा हो कहा छ । सबैलाई लटरी परेको जस्तो छ, यती झर्नेवाला छ भन्ने जस्तो मात्रै छ। जामसाम छाडीदे । त कुद, अझ कुद, ड्राइभीड्ग गरेर जीत अरुलाई भन्ने छ।बाल मतलव छैन नियम कानुनको, अरुलाई अप्ठारो परेको । दोश्रो समस्या कहि कतै ट्राफिकका सुचनाहरु छैनन। १० बर्षे जनयुध्दले पारेको नोक्सानहरु पनि केही ब्यवस्थापनका कमी कमजोरी देखीयकाछन् । देशैभरि लेनहरु नभयर सवारी साधन तुफान बिच बाटोमा ओभर स्पीडमा दौड्नछन् र ब्रेक लगाउन सक्दैनन् र लड्छन अनी नदीमा खस्छन् । या त लामो दुरीमा ड्राईभर एक्लै चलाउदा निदायका हुन्छन र खस्छन् या ब्रेक लगाए भन्दा एक्सीलेटरमा इमरजेन्सी खुट्टा पुर्याउछन र सवारी खसाल्छन्। तेश्रो समस्या बिच शहरमा ट्राफिकले लाइसेन्स चेक गरेर जाम बनाउने। जस्ले गल्ती गर्छ त्यसको लाईसेन्स चेक गर्ने गर्नु पर्छ। मापासे भन्दैमा प्रहरी हिरो नै बन्नु पर्छ र? म लेखक पनि ११ बर्ष भयो लण्डन बसेको , आजसम्म मैले लण्डनमा बाटो छेकेर लाइसेन्स चेकमा देखेको छैन । नेपालमा जस्तो अव्यबस्थीत चेकजाच कन्ट्रोलको मेकानीजम गरेको बेलायतमा देखेको छैन । नेपालमा अलीकती लेन काट्यो भने ट्राफिक भाईहरु झगड़ा गरेको देखीन्छ । सेवा दिने हो हाम्रो काम , झगड़ा गरी हाल्न पर्ने होइन। लण्डनका गोरा जनता प्रहरीको र सरकारको देवता हुन। नेपालमा पनि सरकार र प्रहरीले जनतालाई देवता मान्ने हुनु राम्रो हुन्छ ।सवारी स्पीड चेक गर्न नेपालमा टायम कार्ड लागु गरेको समाचार आयको छ। २० बर्ष पुरानो नियम हो यो । यसकारण यो टायम कार्ड पनि लेखेर दिने वा कलमले लेख्ले हुदा समय आफ्नो अनुकूल ड्राइभरले लेखेर प्रहरी अधीकारीलाई देखायर ढाट्ने सम्भावना बढी छ। सजाय गर्ने अधीकारी अख्तीयार कै आयुक्तले घुस खायर राजीनामा दिन पाएपछी नेपालमा कानुनको त के कुरा भयो र। बास्तव मै भौगोलिक कठिनाई , पहाड़ चट्टान फोडेर वनेका साना र साघुरा बाटोमा धेरै दुर्घटनाका भयका कारण यहा प्रष्ट पार्न खोजीयको के हो भने सवारी सुरक्षित बनाउने उदेश्यका लागी ६० किमी प्रति घण्टा स्पीड तोकीयको बाटोमा अव ५० किमी प्रतिघण्टा बनायर केही समय अस्थायी गती निर्धारण गर्ने होकी।स्पिड घटायर चलेका सवारीको दुर्घटना अध्ययन पछी मात्र गर्ने ब्यवस्था गर्दा राम्रो हुनेछ ।शहर र रोडलाईट भयको ठाउमा ३० किमी प्रति घण्टा स्पीड भयकोमा घटायर २० गराउदा दुर्घटना कम हुन सक्छ कि? आवस्यकता अनुसार लेनमा मात्रै हिड्न लेनलाईनहरु वनायर हिडाउन सो काम सुरु गर्ने हो कि? हेर्दा अव ट्राफिक एक्लैले ट्राफिक कन्टोल गर्न नसक्ने अवस्था आई यो समस्या काबुभन्दा बाहिर गैसकेको देखीयको छ। सवारी साधन धेरै भैसक्यो र बाटोमा पार्कीड्ग मात्रै पनि कम भैसक्यो । चालकहरु म सुरक्षित ड्राइभीड्ग गर्छु भन्ने सोचमा भयको देखीदैन, म सकेसम्म अरुलाई जीत्छु भनेर सवारी चलायको देखीन्छ तर त्यसले दुर्घटना निम्त्याएको छ, दुर्घटना भै ज्यान गयको छ । दुर्घटना भै सकेपछी सरी माफ पाउ भनेर हुदैन।

यो स्तम्भकारको नेपालमा ड्राभीड्ग अनुभव , संयुक्त राष्ट्रसंघको इराक मीसनमा ड्राइभीड्ग अनुभव र हाल बेलायतमा ड्राइभीड्गको राम्रो अनुभव भयपनि बेलाबेलामा स्पीड हाई र ब्रेकिड्ग डिस्टेन्ट (Breaking Distance) मीलाउन नसक्दा बालबाल बाचेको अनुभव छ। १५० किमी पर हाबर स्पीडको अनुभव छ तर हाम्रो देशको बाटोको अवस्था , थोत्रा सवारी साधन, बढी स्पीड, अनुभव कम भयका , नियम नजानेको जथाभावी चलाउने र ट्राफिक सीग्नल नपढी चलाउने चालक एकदम खतरनाक हो । सवारी आवागमन सुरक्षीत र खतरामुक्त गराउन स्पीड कम, बाटो मरमत,अध्याबधीक ट्राफिक चीन्हहरु, सजाय कडा र नियम फलोगर्न देशको सबै समाचार च्यानलमा परिचालन गर्न पर्ने देखीन्छ । माथी उल्लेख गरीयका दुर्घटना कसरी भयो भन्ने अनुसन्धान सरकारी पक्षबाट भयो होला तर यसरी दुर्घटना भयको चालकहरुले यसरी सतर्क रही चलाउन भन्ने प्रचार प्रसार गरीयन भन्ने लाग्दछ ।चालकलाई र पेसेन्जरलाई अवयरनेस शीक्षा दिन हरेक हप्ता कम्तीमा एक पटक पसलहरुमा, चोकहरुमा , बसपार्कहरुमा, टैक्सी पार्कहरुमा र मान्छे जम्मा हुने ठाउहरुमा, ट्याक्टरमा र ट्रकमा नचढ्न,सीट भन्दा बढी नचढ्ने सुचना जारी गर्न जरुरी छ र यसमा सरोकार सबै सहभागी हुनै पर्दछ। 
लेखक पुर्व डिएसपी हुनुहुन्छ।
क्रमश: अर्कोमा फेरि आउने छु।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?