Sunday April 02, 2023

दुबईमा नेपालीले जिते १ किलो सुन

११ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम 1813



शीतलपाटीन्युज डटकम
 

यूएई । रोजगारीका लागि यूएईमा रहेका इलामका नरेन्द्र मगरले १ किलो सुन जितेका छन् । समर सरप्राइज–२०१८ उपहार योजनाअन्तर्गत भाग्यशाली ग्राहक बन्न सफल मगरले उक्त सुन गोलाप्रथाबाट हात पारेका हुन् ।

युएईको रेमिट्यान्स कम्पनी अहालिया एक्सचेञ्जले मगरलाई १ किलो सुन हस्तान्तरण गरेको छ । एक्सचेञ्जको बर दुबई शाखामा साउन १० गते बिहीबार एक कार्यक्रम आयोजना गरेर उक्त सुन मगरलाई प्रदान गरिएको अहालिया एक्सचेञ्जका नेपाली व्यापार प्रमुख बेनीले बताए । 

मगरले गत जून १२ तारिख अल अहालिया एक्सचेञ्जको बर दुबई शाखाबाट पढाइ खर्चस्वरुप बिर्तामोड झापामा अध्ययनरत आफ्नी बहिनी अनुसा थापा मगरलाई २० हजार रुपैयाँ पठाएका थिए । विर्तामोड झापाको कन्काई कलेजमा स्नातक अन्तिम वर्षको अध्ययन गरिरहेकी बहिनीलाई पठाएको त्यही पैसाको कारण मगरले करिब ४५ लाख रुपैयाँ बराबरको सुन उपहार प्राप्त गरेका छन् ।

मगरले अहालिया एक्सचेञ्जकै रोवरमा उक्त सुन युएईमा बिक्री गरेर रकम नेपाल लैजाने बताएका छन् ।

इलामको जमुना–४ का २५ वर्षीय मगर दुबईको ट्रान्सगार्ड कम्पनीको क्याटिरङ विभागमा वेटरका रुपमा कार्यरत थिए ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?