Sunday December 15, 2019

प्रहरीको फन्दामा परे विश्व शान्ति पुजाको नाममा ठगी गर्ने २ जना

१३ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम 1136


प्रहरीको फन्दामा परे विश्व शान्ति पुजाको नाममा ठगी गर्ने २ जना

शीतलपाटीन्युज डटकम।

विश्व शान्ति पुजाको नाममा ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरमा बुढानिलकण्ठ नगरपालिका–१ स्थित रिग्जिन छ्योई फेलिङ गुम्बाका सञ्चालकहरु रहेका छन् ।

विश्व शान्ति पुजाका लागि थाईल्यान्डस्थित बैंककमा रहेको गुम्बाहरुमा लैजान्छु भन्दै उनीहरुले ठगी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । रिचमाया तामाङ्ग समेतका मानिसहरुलाई ललाई फकाई बैंककस्थित रहेको गुम्बाहरुमा लगि बिश्व शान्ति पूजामा भाग लिन लैजान्छु भन्दै पैसा असुल्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

२०७५ चैत ३ गते रिचमाया तामाङ्ग समेतका ७ जनाले महानगरीय प्रहरी वृत महाराजगञ्जमा जाहेरी दिएको आधारमा वर्ष २८ को शान्ति लामा र बर्ष ३६ को खाण्डो शेर्पांलाई पक्राउ गरेको वृतका प्रमुख फणिन्द्र प्रसाईंले जानकारी दिए ।

रिग्जिन छ्योई फेलिङ गुम्बाका सञ्चालक बर्ष ४८ को माईला तामाङ्ग भने फरार रहेका छन् । पक्राउ परेका उनीहरुमाथि ठगी सम्बन्धी कसुर अपराध मुद्धा शीर्षकमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्व ३९ जनाले प्रहरीमा उजुरी दिएको र पक्राउ परेकाहरुमाथि अनुुसन्धान कार्य जारी रहेको प्रहरलिे जनाएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?