Saturday July 02, 2022

गैर आवासीय नेपाली संघको १० औं यूरोपियन क्षेत्रीय बैठक सम्पन्न ।

२१ असार, २०७५ शीतलपाटीन्युज डटकम। 157975



शीतलपाटीन्युज डटकम।

किरण बुढाथोकी

काठमाडौं । गैर आवासीय नेपाली संघले नेपालमा १० अर्ब वरावरको लगानी भित्र्याउने प्रतिबद्धता सार्वजनीक यसअघि गरिसकेको छ । घोषित लगानीमध्ये नेपाल सरकारले १० प्रतिशत ब्यर्होने गरि सो लगानी भित्र्याउने प्रतिबद्धता लन्डनबाट एनआरएनले गरेको थियो । सोही लगानी भित्र्याउने प्रतिबद्धतासँगै एनआरएनले क्षेत्रीयस्तरमा सम्मेलन गरिरहेको छ । जसमा लगानीसँगै विदेशी सिप, ज्ञान र प्रविधि भित्र्याउने कार्यमा एनआरएन जुटिरहेको छ ।

त्यस्तै, विदेशी पूँजीसँगै ज्ञान, सिप र प्रविधि भित्र्याउने विषयमा गहिरो छलफल गर्न आगामी अक्टोवरमा नेपालमा विज्ञ सम्मेलन आयोजना गरिदैछ । आगामी अक्टोवर १२, १३ र १४ मा नेपालमा हुने एनआरएनको विज्ञ सम्मेलनको तयारी तीब्र रुपमा भइरहेको छ ।

नेपालमा हुने सो सम्मेलन विशेष गरि विदेशी लगानीसँगै प्रविधि र पूँजी भित्र्याउनेमा बढी केन्द्रित गरिने छ । एनआरएन आयोजक र नेपाल सरकार सहआयोजक रहने गरि लगानी सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदैछ । सो सम्मेलनको तयारीस्वस्प गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्ले विभिन्न क्षेत्रमा क्षेत्रीयस्तरको सम्मेलन आयोजना गरिरहेको हो ।

सोही तयारीस्वस्प अमेरिकाको विज्ञ सम्मेलन सम्पन्न भइसकेको छ । नेपालमा सीप, ज्ञान र प्रविधि हस्तान्तरणका निम्ति विज्ञ भेला क्यालिफोनियाको सनफ्रान्सिस्कोमा सकिएको हो । सम्मेलनमा विभिन्न देशबाट ३०० जना भन्दा बढीको सहभागिता रह्यो । सम्मेलनमा विभिन्न ७ वटा विषयहरु शिक्षा र विकास, स्वास्थ्य, विज्ञान प्रविधि, सूचना प्रविधि, वातावरण, पर्यटन र नविकरणीय उर्जा, आर्थिक समाजिक क्षेत्रसंग सम्वन्धित ३० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

त्यस्तै, आगामी जुलाई २९ र ३० तारिखमा लक्जम्बर्गमा एनआरएनको यूरोपस्तरीय क्षेत्रीय सम्मेलन हुँदैछ । सो सम्मेलनमा यूरोपबाट कम्तिमा एक अर्बको लगानी भित्र्याउने प्रतिबद्धता सार्वजनीक गर्ने तयारी भइरहेको एनआरएन यूरोप संयोजक शिवकुमार बरुवालले जानकारी दिनुभयो । सो सम्मेलनमा परारष्ट्र मन्त्री प्रदिप ज्ञवाली, पूर्वप्रधानमन्त्री डा।बावुराम भट्टराई सहभागि हुनुहुने तय भइसकेको छ । यूरोपको एघारौ युरोपेली क्षेत्रीय बैठकमा युरोपस्थित २७ देशका गैरआवासी नेपाली सहभागि हुनुहुने छ ।

समितिमा युरोप क्षेत्रका उपसंयोजकहरु, क्षेत्रीय महिला संयोजक, क्षेत्रीय युवा संयोजक, युरोप क्षेत्रका आईसीसी सदस्यहरु, आयोजक राष्ट्रका अध्यक्ष, महासचिव, लक्जम्बर्ग नजिकका मुलुकका अध्यक्षहरु समेत सहभागि हुनुहुनेछ । सो सम्मेलनमा एनआरएनका समस्या, यूरोप एनसिसीका गतिविधीहरु, युरोपबाट नेपालको पर्यटन प्रबद्र्धन, लगानी भित्र्याउने, प्रविधिको हस्तान्तरण र महिलाहरुका समस्याका विषयमा गहन छलफल हुनेछ ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?