१५ चैत्र, २०७५
शीतलपाटीन्युज डटकम।
मुम्बई इण्डियन्स विरूद्धको खेल ६ रनले गुमाएको रोयल च्यालेन्जर्स बेङ्लोरका कप्तानले नो बललाई अम्पायरले मान्यता नदिएकोमा आक्रोश प्रकट गरेका छन्। बिहिबार चिन्नास्वामी रंगशालामा भएको खेलमा बैङलोरलाई जितका लागि अन्तिम बलमा ७ रनको आवश्यक्ता थियो। मुम्बईका लसिथ मालिङ्गाले बलिङ गरे जसलाई बेङ्लोरका शिवम दुबेले लग अन शट हाने। पिचमा रहेका दुबै ब्याट्सम्यान रन लिन दौडेनन।
सो बलको रिप्लेमा सो मालिङ्गाको खुट्टा लाइन बाहिर रहेको देखियो जसको मतलब नो बल हो तर अम्पायरले यसमा ध्यान दिएनन्।
अम्पायरको यसै फैसलालाई लिएर विराटले आक्रोश पोखेका हुन्।हामी आईपिएल स्तरमा खेलिरहेका छौं। यो कुनै क्लब क्रिकेट होइन। अम्पायरको आँखा खुला हुनुपर्छ, यो एक इन्च बराबरको नो(बल थियो। आखिरी बलमा यस्तो फैसला हास्यास्पद हो। यो पूरै अलग खेल हो। यसकारण यस्ता फैसला आइरहे भने मलाई थाहा हुँदैन र के भइरहेको छभनेर। अम्पायर त्यहाँ अधिक तेज र सजग हुनुपर्थ्योु, विराटले आक्रोश पोख्दै भने।
विराटमात्र होइन अम्पायरको यस हर्कतमा विपक्षी टोलीका रोहित शर्माले पनि असन्तुष्टि पोखेका छन्। इमानदारीका साथ भन्नुपर्दा मैले नो-बल छ भनेर पछि मात्र थाहा पाएँ। यस्ता गल्ती खेलका लागि राम्रो होइन। यो भन्दा अगाडी पनि बुमराहले हानेको बल वाइड थिएन तर वाइन भनियो रोहितले भने।