Saturday January 28, 2023

पन्ध्र लाख भारु चोरेको आरोपमा प्रहरीद्दारा पक्राउ

१७ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम 4090


पन्ध्र लाख भारु चोरेको आरोपमा प्रहरीद्दारा पक्राउ

शीतलपाटीन्युज डटकम।

भारतमा १५ लाख भारतीय रुपैयाँ चोरेर भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको राजस्थानमा काम गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका–४ घर भएका ३२ वर्षीय नीरजबहादुर चन्दलाई गए राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए । 

भारतस्थित नेपाली दूतावासले पत्राचार गरेपछि चन्दलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । १५ लाख भारु चोरेर ल्याएको आरोप लागेका चन्दले भने आफूले १४ लाख भारु मात्रै चोरेको प्रहरीसँग स्वीकार गरेका छन् । चन्द भारतको राजस्थानका राजेश गुप्ताको घरमा काम गर्दै आएका थिए । 

चोरेर ल्याएको रकममध्ये डेढ लाख मात्रै नगद फेला परेको र अरु कैलालीमा बुझाएको भनेकाले चन्दलाई कैलाली प्रहरीसमक्ष पठाउने तयारी भएको छ । कैलालीमा चन्दले कसलाई पैसा बुझाए भन्ने खुल्न नआएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको छ । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?