Tuesday December 06, 2022

रेडिंग नेपाली समाजको दशौँ महा अधिवेशन र अठारौँ स्थापना दिवस सम्पन्न

१९ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम। 60940


रेडिंग नेपाली समाजको दशौँ महा अधिवेशन र अठारौँ स्थापना दिवस सम्पन्न

शीतलपाटीन्युज डटकम।

रेडीङ, लण्डन। रेडिंग नेपाली समाजको दशौँ महाअधिवेशन र अठारौँ स्थापना दिवस हालै रेडिङको वयरहाउसमा हिजो आइतवार एक समारोह बीच सम्पन्न भयको छ। कार्यक्रमको संचालन संस्थाका महासचिव ओमकार अधिकारीले गर्नु भएको सो कार्यक्रमको प्रमुख अतिथी एनआरएन युकेका अध्यछ्य योग कुमार फगामी रहनु भयको थियो।

कार्यक्रमको सभापतित्व संस्थाका अध्यछ्य कृष्ण न्यौपानेले गर्नु भयको सो कार्यक्रम आसन ग्रहण र राष्ट्रियगान पछि  १८ वटा पानसमा बत्ती बालेर प्रमुख अतिथी लगायतले उद्घाटन गरियको थियो । उपाध्यक्ष भीमसेन खड्काले स्वागत भाषण गर्नु भयको सो कार्यक्रममा पुर्ब अध्यक्ष द्वय मान बहादुर गुरुंग, कीर्तिबिलास पन्त र सल्लाहकार द्वय राम गलामी, बिश्व आदर्श पण्डितले शुभकामना संबोधन गर्नु भयको थियो । प्रमुख अतिथि एनआरएन युके अध्यक्ष योग कुमार फगामीले शुभकामना मन्तब्यका दिदै दोहोरो नागरिकता अभियान र एन आर एन युकेको भाबी  रणनितीको बारेमा प्रस्ट पार्नुभयको थियो ।

सभापति कृष्ण न्यौपानेले आफ्नो दुई बर्षे कार्य कालको बारेमा आफ्ना धारणा राख्दै नयाँ बन्ने कार्यसमितीलाई केहि शुझाबहरु पनी ब्यक्त गर्नु भयो । अन्त्यमा ग्रेटर रेडिङ नेपाली समाज स्थापना को १८ औँ बार्षिकोत्सबको ऊपलक्ष्यमा केक काटेर ऊद्घाटन सत्रको समापन गरिएको थियो । महासचिव ओमकार अधिकारीले बार्षिक कार्यप्रगती प्रतिबेदन प्रस्तुत गर्नु भयको सो कार्यक्रममा कोषाध्यक्ष टेक गुरुंगले लेखा प्रतिबेदन प्रस्तुत गर्नु भयो। दुबैवटा प्रतिबेदन महाअधिवेशनबाट सर्वसम्मत पारित भयको थियो।

साथै अध्यक्ष कृष्ण न्यौपानेले आफ्नो कार्यसमिति बिघटन गर्नु भै निर्वाचन समितीलाई नयाँ कार्यसमितीको निर्वाचन र कार्यकारी घोषणाको लागी मँच हस्तानांतरण गर्नु भयको थियो । संयोजक डा गंगाराम दाहाल सदस्यहरु अर्जुन बस्नेत,महेश गुरुंग , ढक गुरुंग र चन्द्रा पुनको निर्वाचन समीती गठन गरीयको सो कार्यक्रममा सवै पदमा सर्वसम्मत भै सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो । संयोजक डा दाहालको उपस्थितीमा निर्बाचन समितीका सदस्य ढक गुरुंगले निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरुको नामावली पढेर सुनाऊनु भयको थियो।  

निर्वाचन समिती सदस्य द्वय पुर्ब अध्यक्षहरु, महेश गुरुंग र अर्जुन बस्नेतले निर्वाचित सबैलाई संयुक्त रुपमा प्रमाण-पत्र बितरण गर्नु भयो । संयोजक डा.दाहाल र सदस्य चन्द्रा पुनले खाता लगाएर निर्वाचित सबैलाई बधाई पनी दिनुभयो । तत्कालै निर्वाचन समितीको रोहबरमा संयोजक डा. दाहालले निर्वाचित कार्यसमिति लाई संयुक्त रुपमा सफत ग्रहण गराऊनु भयो ।

निर्बाचित कार्यसमितीको नाम र पद यस प्रकार रहेको छ । अध्यक्ष टेक गुरुंग,उपाध्यक्ष भिमसेन खड्का, यादब श्रेष्ठ , शुसिला गुरुंग, धन रानामगर , प्रबल घिषिंग , योगराज लिम्बु, महासचिब ओमकार अधिकारी , सचिब बिक्रम श्रेष्ठ ,कोषाध्यक्ष सरोज थापा,सह कोषाध्यक्ष जगन्नाथ सापकोटा , सदस्यहरु ईमानसिंग राई , तुल बहादुर गुरुंग , बन्दना केसी , हरिमाया गुरुंग, लक्ष्मण श्रेष्ठ, रोमा गुरुंग,हिम्मत सिटौला, सुरेस जंग थापा, रुद्र गुरुंग,अस्मिन श्रेष्ठ, मोहन कटुवाल, ऊदय घिसिंग, मनी सुबेदि रहनु भयको छ।

नयाँ कार्यसमितीलाई शुभकामना र बधाई दिँदै युवा समाजसेवी प्रेम गुरुंग , आमा समाज रेडिंगकी संस्थापक एकमाया थापा, निवर्तमान प्रथम महिला निर्मला न्यौपाने र निवर्तमान अध्यक्ष कृष्ण न्यौपानेले आआफ्ना धारणा ब्यक्त गर्नु भयो । अन्त्यमा नब निर्वाचित अध्यक्ष टेक गुरुंगको भावी कार्यक्रम समेत मन्तब्यका साथ कार्यक्रम समापन गरिएको थियो । 

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?