Monday May 29, 2023

かついた」勤務中に爆破予告

२८ जेष्ठ, २०७५ शीतलपाटीन्युज डटकम 2407



२५६२ औं बुद्ध जयन्ती लन्डनको पर्यटन केन्द्र “ट्राफलगर स्क्वायर” मा भब्य रुपमा मनाइएको छ । बुद्ध फाउण्डेसन यूके र कपिलवस्तु समाज यूकेको संयुक्त आयोजनामा भयको सो कार्यक्रम लन्डनस्थित नेपाली राजदूतावास, नेपाल पर्यटन बोर्ड यूके, एनआरएन युकेको सहयोगमा  बुध्द जयन्ती कार्यक्रम सम्पन्न भएको हो ।

शनिबार साँझ ६ बजे देखी ९ बजे रातीसम्म भयको सो कार्यक्रममा विदेशीहरुको समेत उपस्थितिमा सयौं नेपाली समूदायले बुद्ध जयन्ती मनाएको हो। सो समारोहमा उपस्थित जनसमुदायलाई बेलायतस्थित नेपाली राजदूताबासका महामहिम राजदुत डा. दुर्गाबहादुर सुवेदीले स्वागत गर्नु भयको थियो।

शान्तिको दूत गौतम बुद्धको शान्तिको सन्देश ,पर्यटन प्रबर्द्धन र बुद्धको जन्म स्थलको बारेमा विश्वमाझ फैलाउने उद्देश्यले लण्डनमा बुद्ध जयन्ती मनाइएको हो । फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठ अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेलायतका लागि कुवेत, लाओस तथा म्यान्मारका राजदूतले पनि सम्बोधन गरेका थिए ।

संयोजक सुर्य गुरुड्ग रहेको सो कार्यक्रममा गणेस खड्काले उद्घोषण गरेका थिए। बुध्द धर्म गुरुहरुले शान्तीपाठ गरीयको सो लण्डनको मुटु मानिने ठाउमा भब्य रुपमा सम्पन्न भयको सो कार्यक्रममा राजदुतावासका डिपुटी चीफ अफ मीसन शरदराज आरन र अन्य पदाधीकारीहरु समेतको उपस्थीति थियो ।

आयोजक पर्यटन बोर्ड युकेका पर्यटन दुत पशुपति भण्डारी , कपिलवस्तु समाज युकेका अध्यक्ष महेन्द्र कुवर लगायत एनआरएन अन्तराष्ट्रीय उपाध्यक्ष कुल आचार्य , एनआरएन युकेका योग कुमार फगामी, तमुधी युके अध्यक्ष ग्याम गुरुड्ग , सहारा युके अध्यक्ष मीन गुरुड्ग, मगरसंघ युकेका अध्यक्ष नेम थापा, एनआरएन युके उपाध्यक्षहरु पुनम गुरुड्ग, शेर बहादुर सुनार , शुसीला राई , एनआरएन नेपालमा रोड सेफ्टी कमीटी संयोजक थर्क सेन , एनआरएनका अन्य अभीयन्ताहरु, नेपाल पत्रकार महासंघ युके शाखाका अध्यक्ष नरेश खपाड्गी मगर एवम लँण्डनका सबै पत्रकारहरुको उपस्थीती, बुध्द फाउण्डेसनका कार्यसमीती र सल्लाहकारहरुको उपस्थीतीले कार्यक्रम उल्लासमय भयको थियो । दिप प्रज्वलन , सास्कृतीक कार्यक्रम , ध्वजा पताकाले सजीयको स्टेज समेतको प्रस्तुतीले बुध्दजयन्ती कार्यक्रम भब्य बनाईयको थियो । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?