Saturday October 23, 2021

आज आईपीएलमा विराट कोहली विरुद्ध सन्दीप लामिछानेको खेल

२४ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम 3731


आज आईपीएलमा विराट कोहली विरुद्ध सन्दीप लामिछानेको खेल

शीतलपाटीन्युज डटकम।

आइतबार आईपीएल क्रिकेट अन्तर्गत २ वटा खेल हुँदै छन् । नेपाली समय अनुसार अपरान्ह सवा ४ बजेदेखि नेपाली युवा खेलाडी सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंग्लोर खेल्नेछन् । यसैगरी राति सवा ८ बजेदेखि राजस्थान रोयल्स र कोलकता नाइटराईडर्स खेल्ने छन् ।

दिल्लीविरुद्धको खेलमा मैदान उत्रदा भारतीय टिमका कप्तान समेत रहेका विराट कोहलीको नेतृत्वमा रहेको बेंग्लोर गर या मरको अवस्थामा हुनेछ । पाँच खेलमा अहिलेसम्म कुनै पनि खेल जित्न नसकेको बेंग्लोर आज पनि पराजित भए प्ले अफमा पुग्ने सम्भावना करिब करिब समाप्त जस्तै हुनेछ ।हुन त लिग चरणका अझै ९ वटा खेल बाँकी रहेका छन् । अन्तिम चारमा स्थान बनाउनका लागि कम्तीमा ८ खेल जित्नु पर्छ । त्यसैले पनि आइतबारको खेलमा दिल्लीसँग बेंग्लोर पराजित भए अन्तिम चारको सम्भावना गणितीय हिसाबले मात्रै बाँकी हुनेछ ।

दिल्लीले पनि जारी सिजनमा उत्कृष्ट प्रदर्शन भने गर्न सकेको छैन । अहिलेसम्म पाँच मध्ये २ खेलमा मात्रै दिल्लीले जित हात पारेको छ ।बेंग्लोरले शुक्रबार कोलकता नाइट राइडर्सविरुद्ध २०५ रन बनाए पनि लक्ष्य रक्षा गर्न असफल भएको थियो । कमजोर बलिङका कारण बेंग्लोर पराजित भएको थियो । बेंगलोरका बलरले अन्तिम चार ओभरमा ६६ रन खर्चिँदा ठूलो रनको लक्ष्य पनि रक्षा गर्न असफल भएको थियो । दिल्लीको अवस्था पनि उस्तै छ ।पहिलो खेलमा मुम्बईलाई पराजित गरेको थियो भने तीन खेलमा हार ब्यहोरेको छ । दिल्लीमा ऋषभ पन्त, शिखर धवन, पृथ्वी सा, श्रेयर अय्यर, कोलिन इनग्राम छन् । बलरमा कासिगो रबाडा, ट्रेन्ट बोल्ट र इशान्त शर्माका साथै नेपाली युवा बलर सन्दीप लामिछाने पनि रहेका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?