Saturday January 28, 2023

मेलम्चीको बोर्ड बैठकः फास्ट ट्र्याक प्रणालीबाट अघि बढाउने प्रस्ताव

२५ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम 3270


मेलम्चीको बोर्ड बैठकः फास्ट ट्र्याक प्रणालीबाट अघि बढाउने प्रस्ताव

शीतलपाटीन्युज डटकम।

मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले मेलम्ची आयोजनालाई फास्ट ट्र्याक प्रणालीबाट निर्माण गर्ने प्रस्ताव खानेपानी तथा सरसफाइ मन्त्रालयमा पेश गरेको छ । यो समाचार आजके नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् । 

समितिको गत बुधबार बसेको बोर्ड बैंठकले मेलम्ची आयोजनालाई तत्कालै अघि बढाउन फास्ट ट्र्याक प्रणालीबाट अघि बढाउनुपर्ने निर्णय गरेर विभागीय मन्त्री बिना मगरलाई पेश गरेको हो ।

खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माको अध्यक्षतामा बसेको बोर्ड बैठकले फास्ट ट्र्याक प्रणालीबाट मेलम्चीको गतिरोध अन्त्य गर्नुपर्ने निर्णय गरेको मेलम्ची खानेपानी आयोजनाका प्रमुख कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?